सांसद बस्नेत द्धारा उपत्यकाकै लामो झोलुङ्गे पुलको शिलान्यास
प्रकाशित मिति
२०७६ श्रावण २२ गते, बुधबार ०७:०७
भक्तपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सूर्य्विनायक नगरपालिका वडा नं. ९ र १० जोड्ने उपत्यकाकै सवैभन्दा लामो झोलुङ्गे पुलको शिलान्यास गर्नु भएको छ । उहाले पुलको शिलान्यास गर्दै भक्तपुरको विकास उदाएको सूर्य जस्तै उज्यालो भएको बताउनुभएको छ । सांसद बस्नेतले विकास र समृद्धिमा भक्तपुरले मारेको फड्को देशकै लागि उदाहरणीय मात्र नभई देशलाई एउटा मार्ग्निर्देशको रुपमा स्थापित भएको बताउनुभयो ।
उहाँले भक्तपुरमा भौतिक, सडक, खानेपानी, ढल, आधुनिक सभागृह, आधुनिक वीर अस्पताल, अन्तर्रा्ष्टिय रंगशाला, कवर्डहल, स्मार्ट सिटीलगायतका राष्टिय गौरवका आयोजनाहरु निर्माणको प्रकृयामा रहेको र उक्त कार्यहरुको निर्धा्रित समयमा नै सम्पन्न गराउन वर्तमान जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
देशकै पर्यटकीय क्षेत्रको रुपमा भक्तपुरले आफ्नो छुट्टै पहिचान स्थापित गरेको बताउँदै उहाँले भक्तपुर उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा विकास हुने समेत बताउनुभयो । भक्तपुरका सवै वडाहरुमा राजनीति तथा भुगोलको हिसावले मात्र फरक फरक रहेका तर भावनात्मक रुपले एउटै जस्तो भएको बताउँदै उहाँले उक्त पुल ९ र १० वडाको लागि मितेरी पुल जस्तो तथा संगम मार्ग जस्तो हुने बताउनुभयो । उहाँले सिङ्गो उपत्यका तथा झण्डै २२ वटा हिमाल समेत देखिने भएकाले देशकै उत्कृष्ट पर्यटकिय गन्तव्यको रुपमा स्थापीत हुने बताउनुभयो ।
राष्ट्रिय गौरव तथा साना ठूला आयोजना निर्माणसँगै भक्तपुरका आम नागरिकको विकास प्रतिका चाहना क्रममा रहेको बताउँदै अबका दिनमा क्रमिक रुपमा भक्तपुरले आर्थिक, सांस्कृतिक, पर्यटकीय लगायतका क्षेत्रहरुमा व्यापक फड्को मार्दै युवाहरुमा रोजगारीको वातावरण समेत सिर्जना गर्ने बताउनुभयो ।
कार्यक्रममा सूर्य्विनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले शिव सर्किट बनाउने उद्घोष गर्नुभयो । उहाँले आगामी दिनमा सूर्य्विनायक नगरपालिकाको विकासका जनताको चाहना अनुसार तिव्र गतिका अघि बढेको बताउँदै देशकै नमूना नगरपालिकाको रुपमा स्थापीत गराउने समेत बताउनुभयो । कार्यक्रममा वडा नं. ९ वडाध्यक्ष उपेन्द्र राज केसी, वडा नं. ८ का वडाध्यक्ष किरण थापा, वडा नं. १० का वडाध्यक्ष शिवराम थापा लगायतको उल्लेख्य सहभागितामा उक्त पुलको शिलान्यास गरिएको होे ।







प्रतिकृया