• ४ साउन २०८३, सोमबार
  • २:१३ बिहान

पोखराका व्यापारीहरु बैंकको चर्को ब्याजदर घटाउन माग अनसनमा

प्रकाशित मिति

२०७९ माघ २० गते, शुक्रबार ११:४५

२० माघ, २०७९, काठमाडौँ : पोखरामा लौरो अभियानको नेतृत्वमा आज देखि मानव अधिकार चोकमा ३ दिन सम्मको लागि रिले अनसन सुरु गरिएको छ । बैक तथा वितिय संस्थाबाट झिकिएको ऋण र ब्याज समयमा नै चुक्ता गर्न नसक्दा मानिसहरु यति बेला मानसिक तनावमा रहेको र बैकले घरमै आएर ताकेता गरेपछि आफुहरु आतिएको अभियानमा सहभागीहरुले बताएका छन् ।


पछिल्लो समय नेपालमा ऋणको ब्याज १६ प्रतिशत सम्म लिने गरेको भेटिएको छ । चर्को ब्याजदर र बजारमा आर्थिक अभाव भएकै कारण आफुहरु यतिबेला समयमा नै ऋण तिर्न नसकेको व्यवसाय गर्नेहरु बताउछन ।

Kamana Sewa

आफु जन्मेको, हुर्केको ठाउमा नै केहि व्यवसाय गर्छु भन्ने ठुलो सपना देखेर ऋण लिगेर लगानी गरिएको ब्यापार घाटामा जान लागेपछि व्यापारीहरु सकसमा परेका छन् । एकातिर बजारमा आर्थिक संकट बढ्दो क्रममा छ । आफुहरुले लिएको ऋण समयमा तिर्नु पर्छ भन्ने थाहा हुदा हुदै पनि अहिले तत्काल नै सबै चुक्ता गर्न नसक्ने अवस्थामा नरहेको र सरकारले पनि अब मौनतामा बसेर हैन व्यापारीको समस्यामा मध्यनजर गर्दै केहि राहतका निर्णयहरु मंत्रीपरिसदबाट ल्याउनु पर्ने जानकारी दिएका छन् ।

Classic Tech Desktop

शहरी क्षेत्रम बढ्दो महंगी संगै जीवन चलाउन गारो भएको र ऋणको कारणले गर्दा नै धेरै जना यति बेला आफ्नो ज्यान समेत फाल्दै आत्महत्या र आत्मदहनको बाटो रोज्ने गरेका छन् । समयमा नै ऋण तिर्न नसक्दा वा चर्को ब्याजदरमा पैसा बुझाउन नसक्दा अब आउने दिनहरुमा कसैले पनि मर्नु नपरोस भनेर आफुहरु सरकारलाई समयमा नै सचेत बनाउदै दवाव दिन कै लागि अनसन सुरु गरेको अभियान्ताहरु बताउछन ।

प्रतिकृया