• ३ साउन २०८३, आइतबार
  • ९:२५ बिहान

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान

प्रकाशित मिति

२०७९ माघ २० गते, शुक्रबार ११:३९

२० माघ २०७९, काठमाडौँ: नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ। बिहीबार बाँकेबाट पक्राउ परेका सांसद चौधरीलाई काठमाडौंबाट धनगढी हुँदै कैलाली लगिएको थियो।
उनलाई जिल्ला अदालतले कैद पुर्जी दिएर जिल्ला कारागार पठाएको हो।


१० वर्षअघि ट्याक्टर जलाएको मुद्दामा जिल्ला अदालत कैलालीले चौधरीलाई ६ महिना कैदको फैसला सुनाएको थियो । मुद्दा परेपछि फरार रहेका कारण उनलाई ६ महिना कैद तोकिएपनि कैद भुक्तान गर्नपर्ने भएको हो। सुरुमै म्याद गुजारेका कारण अदालतले चौधरीलाई पुनरावेदनको म्याद समेत दिएको थिएन ।

Kamana Sewa

अब जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेपनि सांसद चौधरी थुनामै बस्नुपर्नेछ। उनीहरुलाई बिगो ८ लाख १९ हजार ४ सय २३ रुपैंया भराउने फैसला भएको छ । अदालतको आदेशपछि उनलाई कुन कारागार लाने भन्ने टुंगो लाग्नेछ। चौधरीसहित पर्शुराम चौधरी र बिरबहादुर चौधरीविरुद्ध ०७० वैशाख ९ गते जनही ६ महिना कैद र उक्त बिगो भराउने फैसला भएको थियो ।

Classic Tech Desktop

कैलाली–२ बाट प्रतिनिधिसभा निर्वाचित सांसद चौधरीले उक्त फैसला भुक्तान गरेका थिएनन्। पक्राउ परेसँगै उनी सांसदबाट पनि निलम्बनमा परेका छन् । २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको आरोपमा २०६७ भदौ २ गते जिल्ला अदालत कैलालीमा महादेव बजगाईंले मुद्दा दायर गरेका थिए ।

प्रतिकृया