• ३२ साउन २०८३, सोमबार
  • ८:५७ बिहान

केरलाको एक मन्दिरको सम्पती २७२० करोडभन्दा बढी नगद, २६३ किलो सुन

प्रकाशित मिति

२०७९ माघ ९ गते, सोमबार ०२:२५

९ माघ २०७९, काठमाडौँ: भारतको केरला जिल्लाको प्रसिद्ध गुरूवायुर श्रीकृष्ण मन्दिरले आफ्नो बैंक खातामा १७०० करोडभन्दा बढी भारतीय रूपैयाँ अर्थात २७२० करोडभन्दा बढी नेपाली रूपैयाँ र २६३ किलोभन्दा बढी सुन रहेको बताएको छ ।


समाचार एजेन्सी पीटीआईका अनुसार मन्दिर प्रशासनले आरटीआईको जवाफमा उक्त जानकारी दिएको हो । मन्दिरमा मूल्यवान ढुंगा, सिक्का र करिब २० हजार सुनको लकेट सहित २६३ दशमलव ६३७ किलो सुन रहेको मन्दिरका अधिकारीले बताएका छन्।

Kamana Sewa

यसअघि मन्दिर व्यवस्थापनले सुरक्षाको कारण देखाउँदै मन्दिरको सम्पत्ति विवरण दिन अस्वीकार गरेको थियो । द हिन्दू वेबसाइटका अनुसार एक अपीलपछि आरटीआईलाई मन्दिरले जवाफ दिएको हो। जवाफ अनुसार मन्दिरमा ६ हजार ६०५ किलो चाँदी, १९ हजार ९८१ सुनको लकेट र ५ हजार ३५९ चाँदीका लकेटहरू रहेको बताइएको थियो।

Classic Tech Desktop

यस मन्दिरको प्रमुख देवता भगवान गुरुवायुरप्पन हुन्, जसलाई बालगोपालन (भगवान कृष्णको बाल स्वरूप) भनेर पूजा गरिन्छ । यस मन्दिरमा भगवानलाई आफ्नो तौल बराबरको वस्तु चढाउने चलन छ ।


सन् २०१९ को जुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कमलको फूलले तौलिएको थियो। मन्दिरमा यीनै फूलले विशेष पूजा गरिएको थियो ।


मन्दिरको भित्तामा श्रीकृष्णको बालस्वरूपको चित्र कोरिएको छ ।

प्रतिकृया