• ३२ साउन २०८३, सोमबार
  • ७:१६ बिहान

मुक्तिनाथ विकास बैंककाे ६ महिनामा नाफा ६३ करोड ६२ लाख

प्रकाशित मिति

२०७९ माघ ९ गते, सोमबार ०१:३७

९ माघ, २०७९, काठमाडौँ : मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुस मसान्तसम्म ६३ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ। बैंकको अपरिष्कृत वित्तीय विवरणअनुसार यो गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिको तुलनामा ३.९६ प्रतिशतले बढी हो । गत आवको पुस मसान्तसम्म बैंकले ६० करोड २४ लाख रुपैयाँ कमाएको थियो।


पुससम्म बैंकको वितरणयोग्य मुनाफा ६ करोड ३ लाख रुपैयाँ छ। साउन-पुसको अवधिमा बैंकको ब्याज आम्दानी ३३.३७ प्रतिशत बढेको छ।

Kamana Sewa

त्यस्तै सञ्चालन आम्दानी २२.७५ प्रतिशत बढेको विवरण बैंकले प्रकाशित गरेको छ। बैंकको सञ्चालन मुनाफा ३.९६ प्रतिशत बढेको छ। निक्षेप ४.४३ प्रतिशत र कर्जा ६.२० प्रतिशत बढेको छ। पुससम्म मुक्तिनाथ विकास बैंकको चुक्ता पुँजी १३.५० प्रतिशत बढेर ६ अर्ब ४२ करोड पुगेको छ।

Classic Tech Desktop

प्रतिकृया