• ३० साउन २०८३, शनिबार
  • २:२३ बेलुका

संसदलाई अझै मर्यादित र प्रभावकारी बनाउँछु: सभामुख घिमिरे

प्रकाशित मिति

२०७९ माघ ६ गते, शुक्रबार ०१:४२

६ माघ, २०७९, काठमाडौँ: नवनिर्वाचित सभामुख देवराज घिमिरेले संसदलाई अझ मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका छन्। शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहणपछि सभामुख घिमिरेले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन्। बिहीबार सभामुखमा निर्वाचित भएका घिमिरेले शुक्रबार सिंहदरबारमा पदभार ग्रहण गरेका छन् ।


उनले नवनिर्वाचित सांसदहरुका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने निर्णयमा हस्ताक्षर पनि गरेका छन्। पदभार ग्रहणपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रक्रिक्रिया दिँदै घिमिरेले संसदलाई प्रभावकारी बनाउनेमा जोड दिएका छन्।

Kamana Sewa

प्रतिकृया