• ३० साउन २०८३, शनिबार
  • ११:२० बेलुका

सभामुख घिमिरेले लिए पद तथा गोपनीयताको शपथ

प्रकाशित मिति

२०७९ माघ ६ गते, शुक्रबार १२:२९

६ माघ, २०७९, काठमाडौँ: प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । घिमिरेले केहिवेरअघि रापट्रपति विद्यादेवी भण्डारीसँग शपथग्रहण लिएका संसद सचिवालयले जनाएको छ ।


शपथग्रहण कार्यक्रमपछि सभामुख घिमिरे लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । त्यसपछिसिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर पदबहाली गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार घिमिरे बिहीबारको प्रतिनिधिसभा बैठकबाट सभामुख चयन भएका हुन् ।

Kamana Sewa

२७५ सदस्यीय प्रतिनिधिसभामा २६८ सांसद उपस्थित रहेकोमा उनको पक्षमा १६७ मत खस्यो । विपक्षमा १०० मत खस्यो। मत दिन्न भन्ने पक्षमा एक मत खस्यो ।

Classic Tech Desktop

घिमिरेको प्रस्तावकमा एमाले सांसद सुवास नेम्वाङ र समर्थकमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रहेका थिए ।


यस्तै, सभामुखका लागि नेपाली कांग्रेसकी उम्मेदवार न्यौपानेको प्रस्तावक विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वाला थिए। पहिलो प्रस्तावमै बहुमत पुगेकाले न्यौपानेको प्रस्तावमाथि मतदान नै गर्नुपरेन ।

प्रतिकृया