• ३० साउन २०८३, शनिबार
  • ९:५८ बेलुका

प्रधानमन्त्री प्रचण्ड तथा स्वास्थ्य मन्त्री पदम गिरीद्वारा मृत्युपश्चात् सम्पूर्ण अंगदान गर्ने घोषणा

प्रकाशित मिति

२०७९ माघ ६ गते, शुक्रबार १२:२९

६ माघ, २०७९, काठमाडौँ: आज शुक्रबार बिहान प्रज्ञा भवन कमलादीमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १ हजार मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमको मुख्य अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल तथा अध्यक्षतामा स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी थिए भने सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणका कार्यकारी निर्देशक एवं मिर्गौला तथा कलेजो प्रत्यारोपण सर्जन डा। पुकारचन्द्र श्रेष्ठ लगायतको उपस्तिथि रहेको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल र स्वास्थ्य मन्त्री गिरीले उक्त घोषणा गरेका हुन् ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘‘मेरो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गर्दछु।’’ उनले अगाडि भने, “पहिले डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन। यो महङ्गो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग होस् भन्ने हेतुले २०६९ चैत १६ गतेदेखि निःशुल्क डायलासिस सेवा पनि आरम्भ गर्यो। केन्द्रमा मिर्गौला मात्र नभएर कलेजो पनि प्रत्यारोपण हुने गरेको छ। यसलाई थप आधुनिक र प्रभावकारी बनाउने हाम्रो जिम्मेवारी छ। केन्द्र विस्तारका लागि जग्गाको आवश्यकता छ । अघिल्लोपटक म प्रधानमन्त्री हुँदा सल्लाघारीस्थित रहेको ९९ रोपनी जग्गा प्रत्यारोपण केन्द्रलाई दिने निर्णय गराएको थिएँ । मैले प्रधानमन्त्री छोडेपछि त्यो निर्णय लागू नभएको कुरा सुनेको छु। यसलाई सम्वोधन गरिनेछ ।”

Kamana Sewa

‘नेपालमा अहिले वर्षमा करिब ३०० मिर्गौला प्रत्यारोण हुँदै आएको छ । त्यसमा २०० यस शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गर्दै आएको छ। बाँकी अन्य संस्थाहरूले वर्षमा १०० बिरामीको मिर्गौला प्रत्यारोपण गर्दै आइएका छन । नेपालमा प्रत्यारोपणको व्यवस्था नहुँदा विदेशमा गएर ठूलो धनरासी खर्च गरेर मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्था थियो । त्यो अवस्थालाई धेरै हदसम्म रोक्न यस केन्द्रले भूमिका खेलेको छ । मिर्गौला प्रत्यारोपणका लागि वार्षिक रुपमा करोडौँ रकम विदेशिनेमा त्यसलाई धेरै हदसम्म रोक्न पनि भूमिका खेलको छ । यसका लागि केन्द्रलाई धन्यवाद दिन्छु। उनले अगाडि भने, ‘यो केन्द्रले मात्रै प्रत्यारोपणको भार धान्न सक्दैन। यस केन्द्रलाई देशभर तत्काल विस्तार गर्नुपर्ने आवश्यक छ। साथै ७ वटै प्रदेशमा प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको छ। त्यसका लागि आवश्यक पर्ने उच्चस्तरीय जनशक्ति उत्पादन गर्न सरकारले केन्द्रलाई राष्ट्रिय प्रत्यारोपण विज्ञान प्रतिष्ठान बनाउनुपर्ने तपाईहरूको मागप्रति गम्भीर छु।’

Classic Tech Desktop

कार्यक्रलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री गिरीले पनि मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गरेका हुन् । उनले थप्दै भने ‘सम्पुर्ण गरीब जनताको गुणस्तर सेवाको पहुच सुनिश्चितता गर्ने जिम्मेवारी हाम्रो हो त्यस तर्फ हामी अत्यनतै प्रतिबद्ध भएर लाग्ने छौँ ।’

प्रतिकृया