• ३१ साउन २०८३, आइतबार
  • ४:१८ बिहान

सभामुख देवराजले आज शपथ लिने, शपथपछि सहिदकाे शालिकमा माल्यार्पण गर्ने

प्रकाशित मिति

२०७९ माघ ६ गते, शुक्रबार १०:४३

६ माघ, २०७९, काठमाडौँ: प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले शुक्रबार पद तथा गाेपनीयताकाे शपथ ग्रहण गर्ने भएका छन्। संसद सचिवालयका अनुसार घिमिरेले आज बिहान ११ बजे राष्ट्रपति कार्यालयमा शपथग्रहण लिने भएका हुन्।


शपथग्रहण कार्यक्रमपछि सभामुख घिमिरे लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । त्यसपछिसिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर पदबहाली गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

Kamana Sewa

सत्ता गठबन्धनका साझा उम्मेदवार घिमिरे बिहीबारको प्रतिनिधिसभा बैठकबाट सभामुख चयन भएका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभामा २६८ सांसद उपस्थित रहेकोमा उनको पक्षमा १६७ मत खस्यो। विपक्षमा १०० मत खस्यो। मत दिन्न भन्ने पक्षमा एक मत खस्यो ।

Classic Tech Desktop

घिमिरेको प्रस्तावकमा एमाले सांसद सुवास नेम्वाङ र समर्थकमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रहेका थिए ।


यस्तै, सभामुखका लागि नेपाली कांग्रेसकी उम्मेदवार न्यौपानेको प्रस्तावक विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वाला थिए। पहिलो प्रस्तावमै बहुमत पुगेकाले न्यौपानेको प्रस्तावमाथि मतदान नै गर्नुपरेन ।

प्रतिकृया