• १४ असोज २०८३, बुधबार
  • २ः१५ दिउँसो

न्युजिल्याण्डकी लाेकप्रिय प्रधानमन्त्रीद्वारा स्वैच्छिक राजीनामाकाे घाेषणा

प्रकाशित मिति

२०७९ माघ ५ गते, बिहीबार ०८:३५

५ माघ, २०७९, काठमाडौँ: न्युजिल्याण्डकी लाेकप्रिय प्रधानमन्त्री जसिन्डा आर्डर्न प्रधानमन्त्री‍ पदकाे जिम्मेवारीबाट अलगिने भएकी छन् । उनले आफूलाई साे जिम्मेवारीका कारण मानसिक तनाव भएकाे‍ बताउँदै आगामी फेब्रुअरी ७ मा स्वैच्छिक रुपमा राजीनामा दिने घाेषणा गरेकी हुन् ।

National Life

उनले आज एक कार्यक्रममा सम्बाेधन गर्दै फेब्रुअरी ७ आफ्नाे कार्यकालकाे अन्तिम दिन हुने घाेषणा गरेकी हुन् । उनकाे कार्यकाल अब सकिँदै छ । अर्काे निर्वाचनमार्फत पुन:प्रधानमन्त्री बन्ने माैका भएपनि उनले त्यसाे नगर्ने भएकी हुन् ।


‘पदमा रहेर विगत ६ वर्षदेखि सबै ठूला चुनाैति झेलिरहँदा मैले मेराे लागि पनि समय छुट्याएँ। म पनि मानिस हुँ । राजनीतिकर्मी पनि मानिस हुन् । ‘ राजीनामाकाे घाेषणाका क्रममा उनले भनेकी छन्,’ त्यसैले मैले घाेषणा गर्छु, प्रधानमन्त्रीका लागि म पुन: चुनावमा आउदिनँ। मेराे कार्यकाल फेब्रुअरी ७ सम्म मात्र हाे । ‘

Classic Tech Mobile
Classic Tech Desktop

साथै, उनले उनीसँग अब के गर्ने भन्ने व्यावसायिक रूपमा कुनै योजना छैन नभएकाे समेत प्रस्ट पारेकी छन् ।


न्युजिल्याण्डमा आम निर्वाचन आगामी अक्टोबर १४ मा हुँदैछ । साेही निर्वाचनबाट जितेर आएकाे प्रतिनिधि अबकाे त्यहाँकाे नयाँ प्रधानमन्त्री बन्नेछ।

प्रतिकृया