• १४ असोज २०८३, बुधबार
  • १ः३७ दिउँसो

सभामुखमा भिड्दै घिमिरे र न्यौपाने

प्रकाशित मिति

२०७९ माघ ५ गते, बिहीबार ०८:२७

५ माघ, २०७९, काठमाडौँ : सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी दलबाट कांग्रेसकी ईश्वरीदेवी न्यौपाने सभामुखमा भिड्दै छन्। सभामुख चयन गर्न बिहीबार प्रतिनिधिसभा बैठकमा मतदान हुनेछ। जसका लागि बुधबार सत्तारुढ दल र विपक्षीबाट दुई जनाको उम्मेदवारी परेको हो।

National Life

घिमिरेका प्रस्तावकमा सुवासचन्द्र नेम्बाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्। न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा, समर्थकमा प्रकाश ज्वाला छन्। घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। कैलालीकी न्यौपाने कांग्रेसकी समानुपातिक सांसद हुन्।


दुवै उम्मेदवारले आफूले जित्ने दाबी गरेका छन्। ‘म त्यो जिम्मेवारीमा पुग्ने निश्चित नै छ’, घिमिरेले भने, ‘विगतबाट शिक्षा लिँदै आरोप, प्रत्यारोप, पूर्वाग्रहबाट टाढा रही यथार्थ ढंगले ठिक बाटोबाट सदनलाई अघि लग्ने विचार छ। सभामुखले खेल्ने भूमिकामा कुनै कमी हुन नदिई काम गर्नेछु।’

Classic Tech Mobile
Classic Tech Desktop

न्यौपानेले आफू निर्वाचनअघि कांग्रेसको नेता भए पनि सभामुख बनेपछि साझा रूपमा रहने बताइन्। भनिन्, ‘निर्वाचनमा म हार्छु भनेर कोही पनि जाँदैन। म यो निर्वाचनमा जित्छु।’ विपक्षी दलबीचको सहमतिमा न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय पार्टीले लिएको कांग्रेस महामन्त्री शर्माले बताए।


बिहीबार संसद् बैठकमा नेम्बाङले घिमिरेको उम्मेदवारीसम्बन्धी प्रस्ताव गर्ने, पाण्डे, लिङदेन र लामिछानेले समर्थन गर्ने सम्भावित कार्यसूची बनेको छ। यस्तै, शर्माले न्यौपानेको उम्मेदवारीसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने, ज्वालाले समर्थन गर्ने सम्बभावित कार्यसूची संघीय संसद्का महासचिव डा. भरतराज गौतमले निकालेका छन्।


२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा सभामुख पदमा जितका लागि १ सय ३८ मत आवश्यक पर्छ । यो समाचार आजको अन्नपूर्ण दैनिकमा छ ।

प्रतिकृया