• २२ भदौ २०८३, सोमबार
  • ३ः२७ दिउँसो

प्राइम, गुराँस र यूनियन लाइफबीच मर्जरमा जाने अन्तिम सम्झाैता

प्रकाशित मिति

२०७९ माघ २ गते, सोमबार ०१:४९

२ माघ २०७९, काठमाडौँ : यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिच हिजाे माघ १ गते आइतबार एक आपसमा मर्जरमा जाने अन्तिम सम्झाैतापत्रमा हस्ताक्षर भएको छ । सो सम्झाैतापत्रमा यूनियन लाईफका अध्यक्ष शुलभ अग्रवाल, प्राइम लाइफका अध्यक्ष पियुष राज अर्याल र गुराँस लाइफका अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका छन् ।

National Life

सम्झाैता अनुसार यूनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात १ः१ः१ कायम गरिएको छ । मर्जर सम्झाैता अनुसार नयाँ बन्ने कम्पनीको नाम हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड रहने छ भने यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष शुलभ अग्रवाल नयाँ बन्ने कम्पनीको अध्यक्ष रहनेछन् । यस्तै यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण मर्जर पश्चात बन्ने नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहनेछन् ।


सम्झाैता अनुसार मर्जर सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु सम्पन्न गरी यही चैत्रभित्र एकिकृत कारोबार गर्ने समयावधि निर्धारण गरिएको छ भने कम्पनीका शाखाहरु, कर्मचारी समायोजनका कार्यहरु समेत सम्पन्न गरिनेछ ।

Classic Tech Desktop

मर्जर सम्झाैता कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले तिन वटा कम्पनीहरु एक आपसमा मर्जर हुनु ऐतिहासिक कार्य भएको बताउदै नियमनकारी निकायको तर्फबाट मर्जर कार्यमा पूर्ण सहयोग रहने जानकारी गराए । यसै गरी नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले मर्जर सम्झाैता सफल बनाउन प्राधिकरणको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने बताए ।

प्रतिकृया