• 5:53 pm

पाकिस्तानी प्रधानमन्त्रीद्वारा देशव्यापी पोलियो उन्मूलन कार्यक्रम शुरु

प्रकाशित मिति

२०७९ माघ २ गते, सोमबार ०१:४९

२ माघ २०७९, पाकिस्तान : पाकिस्तानी प्रधानमन्त्रीले देशव्यापी रुपमा पोलियो उन्मूलन कार्यक्रमको सुरुवात गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री साहबाज सरिफले आइतबार राजधानी इस्लामाबादबाट सो अभियानको सुरुवात गरेका बताइएको छ । प्राप्त समाचारअनुसार उनले यहाँ यो अभियान तीन दिनसम्म सञ्चालन गरिने छ ।


पाकिस्तानका कतिपय प्रान्तमा पछिल्ला वर्षहरुमा पोलियो रोगको सङ्क्रमण देखिएकाले ती प्रान्तमा यो अभियानको थालनी गरिएको हो । प्रधानमन्त्री सरिफले सो अभियानको थालनी गर्दै आगामी दिनमा यो अभियानलाई सशक्त बनाइ लैजानका लागि यहाँका केन्द्रीय र प्रान्तीय सरकारले पनि ध्यान दिनुपर्ने बताए । उनले पोलियोको उन्मूलनका लागि केन्द्र सरकार तथा प्रान्तीय सरकारमात्र सम्भव नभएको र यसका लागि यहाँका सबै पाकिस्तानी नागरिकको पनि उत्तिकै दायित्व रहेको पनि बताए ।


प्रधानमन्त्री सरिफले विश्वमा पोलियो रोग उन्मूलन भइसकेको भएपनि केही देशमा मात्र यो सङ्क्रमण रहेको र ती निकै थोरै देशमा पाकिस्तान पनि परेकाले यसको उन्मूलनका लागि सबै नागरिकको सामूहिक पहल हुनुपर्ने बताए ।


उनले पाकिस्तानको दक्षिणी प्रान्त खैबर पाक्थुन्क्वामा मात्र २० जनामा पोलियोको सङ्क्रमण देखिएको जानाउँदै विशेष गरी त्यस क्षेत्रका सरकार र नागरिक बढी सचेत र सजग हुनुपर्छ भने । उनले पाकिस्तानमा पोलियोका सङ्क्रमितहरु देखिएको विषयमा विश्व स्वास्थ्य सङ्गठनको पनि चासो रहेको र यसको उन्मूलनका लागि सो सङ्गठनले गरेको सहयोगको पनि सराहना गरे ।


पाकिस्तानमा केही वर्षयतादेखि पोलियोका रोगीहरु देखिएका छन् । सो सङ्ख्या बढ्दै जान सक्ने खतरा रहेकाले पाकिस्तान सरकारले गतवर्षदेखि नै पोलियो उन्मूलनका विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ ।

प्रतिकृया