• २२ भदौ २०८३, सोमबार
  • ४ः५० बेलुका

सनराईज क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवाको ३० वर्षे कार्यकाल पूरा गरेकोमा विशेष छुट योजना

प्रकाशित मिति

२०७९ माघ २ गते, सोमबार ०१:१९

२ माघ २०७९, काठमाडौँ : मर्चेण्ट बैंकिङ्ग सेवाको ऐतिहासिक ३० वर्षे कार्यकाल पूरा गरेको अवसरमा सनराईज क्यापिटल लिमिटेडले विशेष छुट योजना सार्वजनिक गरेकाे छ । नेपालको मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने पहिलो कम्पनीका रुपमा बि. सं. २०४९ माघ १ गतेका दिन एन.आई.डि.सि. क्यापिटल मार्केट्स लिमिटेडको नामबाट सञ्चालनमा आएकोमा वि. सं २०६७ मा एन. आई. डि. सि. क्यापिटल मार्केट्स लिमिटेडको सहायक कम्पनीका रुपमा एन. सि. एम. मर्चेण्ट बैकिङ्गको नाममा दर्ता कायम भई आफ्नो मर्चेण्ट बैंकिङ्ग कारोवारलाई निरन्तरता दिँदै आईरहेको र सनराईज बैंक लिमिटेडले बि. सं. २०७३ माघ २८ मा प्राप्ती गरे पश्चात् यस कम्पनी सनराईज बैंकको सहायक कम्पनीका रुपमा सनराईज क्यापिटल लिमिटेडको नामबाट नेपालको पुँजी बजारको विकास र विस्तारमा निरन्तर टेवा पुऱ्याउँदै मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा भएको हाे ।

National Life

मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा गरेको उपलक्ष्यमा माघ १ गतेदेखि विभिन्न सेवाहरुमा छुटका योजनाहरु ल्याएको छ :


  • निःशुल्क डिम्याट खाता ३० दिनका लागि,
  • निःशुल्क मेरो शेयर खाता ३० दिनका लागि,
  • लगानी व्यवस्थापन सेवाको Entry Load शुल्कमा तीन वर्षका लागि ३० प्रतिशत छुट,

– ३० लाख र सो माथिको लगानी व्यवस्थापनका लागि Entry Load ३० दिनका लागि निःशुल्क,

Classic Tech Desktop
  • Custodial service को प्रशासनिक शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट,
  • पहिलो ३० जना ग्राहकहरुलाई निःशुल्क Custodial service र Portfolio counseling,
  • संस्थागत परामर्श शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट ।

नेपालमा पहिलो सामुहिक लगानी कोषको शुरुवात गरेको इतिहासलाई कायम राख्दै यस कम्पनीले हाल दुई वटा म्युचुअल फण्ड “सनराईज फर्स्ट म्युचुअल फण्ड” र “सनराइज ब्लूचिप फण्ड” को व्यवस्थापन गर्दै आईरहेको छ भने नयाँ म्युचुअल फण्ड “सनराईज फोकस्ड ईक्विटी फण्ड ” निष्कासनको क्रममा रहेको छ । हाल कम्पनीले मर्चेण्ट बैंकिङ्ग कारोबार अन्तर्गत नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सेयर निष्कासन तथा बिक्री प्रबन्धक, कोष व्यवस्थापक, सेयर रजिष्ट्रार, सेयर प्रत्याभूती, निक्षेप सदस्य, लगानी व्यवस्थापन, लगानी परार्मश सेवाको कार्य गर्दै आईरहेको छ ।

प्रतिकृया