• २२ भदौ २०८३, सोमबार
  • ५ः३१ बेलुका

इन्फिनिटी लघुवित्तले गर्‍यो लाभांश घोषणा

प्रकाशित मिति

२०७९ माघ २ गते, सोमबार ०१:०८

२ माघ २०७९, काठमाडौँ: इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश प्रस्ताव गरेको छ । संस्थाको शनिबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

National Life

संस्थाले गत आर्थिक वर्षमा नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरिसकेकोले आयकर ऐन, २०५८ बमोजिम बोनस सेयरमा लाग्ने छुट सुविधा उपयोग गरी कर प्रयोजनका लागि नगद लाभांश नछुट्याइएको संस्थाले जनाएको छ ।


प्रस्तावित बोनस सेयर राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया