• २० भदौ २०८३, शनिबार
  • ५ः४१ बिहान

नेष्डाे समृद्ध लघुवित्तले पनि पौषमा एजीएम गर्न नसक्ने

प्रकाशित मिति

२०७९ पुष २७ गते, बुधबार ०४:०३

२७ पुस २०७९, काठमाडौँ : नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले पौषमा साधारण सभा गर्न नसक्ने भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत् जानकारी गराएकाे छ । संस्थाको आर्थिक वर्ष २०७८/७९ को बाह्य लेखा परिक्षणको कार्य सम्पन्न हुने प्रक्रियामा रहेको हुनाले आर्थिक वर्ष ०७८ / ०७९ को वार्षिक वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंक समक्ष पेश भई नसकेकोले हुँदा संस्थाको वार्षिक साधारण सभा पुष मसान्तसम्ममा सम्पन्न गर्न नसकिने सूचनामा उल्लेख छ ।

National Life

संस्थाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक साधारण सभा चैत्र मसान्तसम्ममा गरिसक्ने प्रतिवद्धता व्यक्त गरेकाे छ ।

सूचना हेर्नुहाेस् :

Classic Tech Desktop

प्रतिकृया