• १८ भदौ २०८३, बिहीबार
  • ११ः२३ राती

सिबिआईएल क्यापिटलको स्वतन्त्र संचालकमा पाण्डे र मुल नियुक्त

प्रकाशित मिति

२०७९ पुष २७ गते, बुधबार ०४:२७

२७ पुस २०७९, काठमाडौँ : सिबिआईएल क्यापिटल लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा जोत्सना बोहोरा पाण्डे र अभिजित मुल नियुक्त भएका छन् । कम्पनीको यही पुस २४ गते बसेको एक सय पाँचौं सञ्चालक समितीको बैठकले साविकका स्वतन्त्र संचालकहरु रीता सुवेदी र प्रज्वल जङ्ग पाण्डेको पदावधि समाप्त भई रिक्त रहेको पदमा जोत्सना बोहोरा पाण्डे र अभिजित मुललाई नियुक्त गरेको हो ।


स्वतन्त्र संचालक जोत्सना बोहोरा पाण्डेको विभिन्न बिमा कम्पनीहरुमा १८ बर्ष भन्दा बढीको व्यवस्थापकिय तहको अनुभव रहेको छ भने स्वतन्त्र संचालक अभिजित मुलको राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न क्षेत्रमा सात बर्ष भन्दा बढीको अनुभव रहेको छ ।

Kamana Sewa

संस्थाको मिति २०७९ पौष २६ गते बसेको १०६ औं संचालक समितिको बैठकले नवनियुक्त स्वतन्त्र संचालकहरुको स्वागत तथा साविकका स्वतन्त्र संचालकहरुलाई बिदाईको कायक्रम आयोजना गरेको छ ।

Classic Tech Desktop

उक्त कार्यक्रममा सिटिजन्स बैंक ईन्टरनेशनल लि तर्फबाट संचालकहरु पारस कुमार काफ्ले, राजेन्द्र लाल श्रेष्ठ, प्रमेश राज कायस्थ, कर्मचारी संचय कोषतर्फबाट सुवाष खड्का, नवनियुक्त स्वतन्त्र संचालक जोत्सना बोहोरा पाण्डे र अभिजित मुल, साविकका स्वतन्त्र संचालकहरु रीता सुवेदी र प्रज्वल जङ्ग पाण्डेका साथै संस्थाका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ तथा कम्पनी सचिव रमेश लुईटेलको उपस्थिति रहेको थियो ।

प्रतिकृया