कर्णालीको मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने सहमति
प्रकाशित मिति
२०७९ पुष २७ गते, बुधबार ०४:३२

२७ पुस २०७९, सुर्खेत : कर्णाली प्रदेश प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । प्रदेशमा सत्तारुढ गठबन्धनका मुख्य दुई घटकबीच नेकपा माओवादी केन्द्र र एमालेबीच आलोपालो सरकारको नेतृत्वबारे सहमति जुटेको हो ।
सत्ता साझेदार दलहरुबीच केन्द्रमा भागबण्डा हुँदा पाँच वर्षसम्म माओवादीले नेतृत्व गर्ने सहमति भएको थियो । उक्त निर्णयले प्रदेशमा एमालेले असन्तुष्टि जनाउँदै आएको थियो । बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु अघि बसेको एमाले र माओवादी केन्द्रको प्रदेश संसदीय दलको बैठकले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए ।
जसअनुसार पहिलो अढाई वर्ष नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व लिनेछ । त्यसपछि एमालेले सरकारको नेतृत्व गर्ने भएको छ । एमाले र माओवादी केन्द्रबीच यस्तो सहमति भएसँगै मुख्यमन्त्रीका लागि दाबी पेस गर्न जाने तयारी भइरहेको छ ।
प्रदेश प्रमुख समक्ष माओवादी केन्द्रका राजकुमार शर्माले मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । त्यसपछि दोस्रो चरणमा भने एमाले संसदीय दलका नेता यामलाल कँडेल सरकारको नेतृत्व गर्नेछन् ।
प्रतिकृया