• १८ भदौ २०८३, बिहीबार
  • ९ः१४ राती

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १००० जनाको मृर्गौला प्रत्याराेपण

प्रकाशित मिति

२०७९ पुष २७ गते, बुधबार ०४:५१

२७ पुस २०७९, काठमाडौँ: विश्वभरी नै मृगौला रोगको प्रकोप वढि रहेको परिप्रेक्षमा रोगको पहिचान तथा उपचार र रोकथामका महत्वपुर्ण उपायहरुबारे सबैलाई सचेत गराउन पर्ने आवश्यक छ । प्रत्येक १० जना मध्ये १ जनलाई कुनै न कुनै किसिमको मृगौला रोग लाग्ने अनुमान छ । नेपालमा बर्षेनी करीब ३,००० जनाको मृगौला फेल हुने गरेको र उनीहरु मध्ये धेरैको अंग प्रत्यारोपण नभएर अकालमा मृत्यु हुने गरेको छ ।


स्थापनाको १० वर्ष अवधिमा डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा रहेको प्रत्यारोपण टोलिले उल्लेख्य सफलता हासील गरी बर्षेनी करीब २०० जना को हाराहारीमा मृर्गौला प्रत्यारोपण गदै आज मिति २०७९ पौष २७ गते सम्म १००० जनाको सफल मृगौला प्रत्यारोपण भएको छ ।

Kamana Sewa

उहाँको नेतृत्वमा हाल सम्म शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, विर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा र अन्य अस्पतालमा गरी जम्मा संख्या १०४८ को प्रत्यारोपण भएको बताए । यस ऐतिहासिक सफलता प्राप्त गर्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक, नर्स तथा अन्य सम्पूर्ण कर्मचारीहरुको अथक प्रयासका साथै पत्रकार, राजनीतिज्ञ, कलाकार, सेमाजसेवी सबैको उल्लेखनीय योगदान रहेको छ ।

Classic Tech Desktop

मस्तिष्क मृत्यू पश्चात अंग दान तथा ति अंगबाट प्रत्यारोपण गर्न सकिने व्यवस्था भएता पनि हालसम्म नगन्य संख्यामा मात्र उक्त कार्य भएको र समयमै मस्तिष्क मृत्यू भएको जानकारी प्राप्त नहुँदा ६ वर्षको अवधिमा जम्मा ४ जना अंगदाताबाट प्राप्त ८ वटा मृर्गौला र २ वटा कलेजो मात्र प्रत्यारोपण हुन सकेको छ ।


डा श्रेष्ठका अनुसार भक्तपुर अस्पतालको लागि निर्माण भएको जम्मा १०० बेड भवनमा केन्द्रले प्रत्यारोपण सेवा सञ्चालन गरेको तथा स्थानको चरम अभावका बाबजत पनि नेपालमै पहिलो कलेजो प्रत्यारोपण, एकै दिन ४ जना जिवित व्यक्तिको मृगौला प्रत्यारोपण र मस्तिष्क मृत्यू भएका व्यक्तिको अंगबाट मृर्गौला र कलेजो प्रत्यारोपण गरेको साथै १० वर्षको अवधिमा १००० जनामा ९९ प्रतिशत सफलताका साथ मृगौला प्रत्यारोपण गरेको उदृत गरे ।


प्रत्यारोपण क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकको ७ प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्न आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गर्ने र भौतिक पूर्वाधार विस्तार गरी केन्द्रलाई ५०० शैया विस्तार गरी प्रत्यारोपण सेवालाई सबैको पहुँचमा पु¥याउने योजना रहेको छ । गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा प्रत्यारोपण सेवा शुरु भैसकेको र निकट भविष्यमा कर्णाली प्रदेश अन्तर्गत सुर्खेत अस्पतालमा केही हप्तामानै गर्ने योजना छ । क्रमशः सुदुरपश्चिम प्रदेश अन्तगत सेती प्रादेशिक अस्पताल, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल र भरतपुर अस्पतालमा प्रत्यारोपण सेवा शुरु गर्नको लागि प्रकृया अगाडी बढी सकेको बताए ।

प्रतिकृया