• १० असोज २०८३, शनिबार
  • ८ः५३ राती

नेपाल टी-२० : लुम्बिनीमाथि जनकपुरको जित, दुवै टिम क्वालिफायर-१ मा भिड्ने

प्रकाशित मिति

२०७९ पुष २२ गते, शुक्रबार ०३:२०

२२ पुष, २०७९, काठमाडौँ : नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्स र जनकपुरले क्वालिफायर-१ मा प्रतिस्पर्धा गर्ने भएका छ्न्। शुक्रबार भएको समूह चरणको अन्तिम खेलमा जनकपुरले लुम्बिनीमाथि २३ रनको जित निकाल्यो। समूह चरणको खेल सकिदा लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा रहदा जनकपुर दोस्रो भयो। समूह चरणका सबै खेल खेल्दा लुम्बिनीले १० खेलबाट १६ अंक जोड्दा जनकपुरले १४ अंक बटुल्यो।

National Life

शुक्रबार त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित १७ ‌ओभरमा ६ विकेटको क्षतिमा १५९ रन जोड्यो। उसका लागि ट्रेभन ग्रिफिप्तले ११ बलमा नटआउट ४७ रन जोडे। उनले ३ चौका र ५ छक्का हिर्काए। त्यसअघि शराफुद्दिन असरफले ३४ रन र खडक बोहाराले २२ रन जोडे । बलिङमा लुम्बिनीका सागर ढकाल र कुशल भुर्तेलले २-२ विकेट लिए।


१६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ७ विकेट गुमाएर १३६ रन जोड्यो। उसका लगि अनिल साहले ३५ रन, लाहिरू मिलन्थाले ३२ र सुनील धमलाले २७ रन जोडे। बलिङमा जनकपुरका ट्रेभनले ३ विकेट लिए भने शमिउल्लाह शिनवारीले २ विकेट लिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया