• ४ साउन २०८३, सोमबार
  • ५:२६ बिहान

कांग्रेस संसदीय दलको निर्वाचन केही समयमै सुरु हुँदै

प्रकाशित मिति

२०७९ पुष ६ गते, बुधबार ०८:४०

६ पुष, २०७९, काठमाडौँ: नेपाली कांग्रेसको संसदीय दलको निर्वाचन केही समयमा सुरु हुँदै छ । बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जारी गरेको कार्यतालिकामा उल्लेख छ । यद्यपि, ८ बजिसके पनि मतदान भने सुरु भएको छैन ।


मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबार परिसरमा हुनेछ । अहिले मतदाता (कांग्रेसका नवनिर्वाचित सांसदहरू) संसदीय दलको कार्यालय पुग्नेक्रम जारी छ ।

Kamana Sewa

कांग्रेस संसदीय दलमा ८९ सांसदले निर्वाचन प्रकृयामा भाग लिनेछन् । मतगणना र परिणाम सार्वजनिक आजै हुनेछ । कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको उमदवारी परेको छ ।

Classic Tech Desktop

सभापति देउवालाई संसदीय दलको नेतामा वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्ताव गरेका छन् । समर्थकमा उपसभापति पूर्णबहादुर खड्का बसेका छन् ।


महामन्त्री थापाको प्रस्ताव डा. शेखर कोइराला बनेका छन् । थापालाई पार्टी संसदीय दलको नेता बनाउने शेखरको प्रस्तावको समर्थकमा उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल बसेका छन् ।

प्रतिकृया