तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या
प्रकाशित मिति
२०७६ श्रावण १७ गते, शुक्रबार ०२:४९
एजेन्सी, भारतमा तीन वर्षीया बालिकाको अपहरण गरी दुई व्यक्तिले बलात्कारपछि टाउको काटेर हत्या गरेको छ । प्रभात खबरका अनुसार जुलाई २६ मा टाटानगर स्टेशनबाट बालिकाको अपहरण गरिएको थियो । झारखण्डको टाटानगर रेलवे स्टेशनको एक प्लेटफर्ममा तीन वर्षीया बालिकाको अपहरण गरी दुई व्यक्तिले बलात्कारपछि टाउको काटेर हत्या गरेको छ । पुलिसले बुधबार यसबारे जानकारी दिएको हो ।
पुलिसले बालिका गायब भएको पाँचौं दिनमा मंगलबार राती ९ बजे एक बगानबाट उनको टाउको काटिएको नग्न शव भेटेको थियो । प्रहरीले रेल पुलिसले स्टेशनमा राखिएको सिसिटिभी फुटेजको आधारमा सोमबार राती रिंकू साहू, कैलाश कुमार नामका दुई व्यक्तिलाई पक्राउ गर्यो ।
रेल पुलिसले बालिकाको शवलाई पोष्टमार्टमका लागि एमजीएम पठायो । रिंकू र कैलाशले आफ्नो अपराध कबूल गरे । रिंकूले भनेको स्थानमा खोजी गर्दा बालिकाको शव भेटियो । पुलिसले बालिकाको टाउको खोज्ने कोसिस गरिरहेको छ ।






प्रतिकृया