• ११ असोज २०८३, आइतबार
  • ९ः०८ बिहान

यु–१८ एसियाली रग्बी: पुरुषतर्फ दक्षिण कोरिया र महिलातर्फ युएई विजयी

प्रकाशित मिति

२०७९ मंसिर २५ गते, आईतवार ०७:१३

२५ मंसिर, २०७९, काठमाडौँ : पुरुषतर्फ दक्षिण कोरिया र महिलातर्फ युएई यु–१८ एसियाली रग्बी सेभेन्स च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा दक्षिण कोरियाले युएइलाई २१–१७ स्कोरले पराजित गर्‍यो ।त्यसअघि आइतबार नै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएईले भारतलाई ३६–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।

National Life

एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगितामा मलेसिया तेस्रो भयो । मलेसियाले भारतलाई ३६–६ ले पाखा लगायो । पुरुषकै प्लेटतर्फ चाइनिज ताइपेइले थाइल्यान्डलाई १९–० ले पन्छाउँदै पहिलो भयो । ताइपेइले नेपाललाई ३४–७ तथा थाइल्याण्डले बंगलादेशलाई ५३–० ले पराजित गर्दै प्लेटतर्फ फाइनल खेलेका हुन् ।


आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल सातौँ स्थानमा रह्यो । सातौँ स्थानका लागि भएको खेलमा नेपालले बंगलादेशमाथि ६९–० को सहज जित दर्ता गर्‍यो । महिलाको उपाधि भिडन्तमा युएईले भारतको चुनौती २६–५ ले समाप्त पार्‍यो । मलेसियाले थाइल्यान्डलाई १९–७ ले हराउँदै तेस्रो भयो । महिलामा नेपालसहित ५ राष्ट्र सहभागी थिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, एसिया रग्बीका अध्यक्ष काइस अल धलाइ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नेपालमा पहिलोपटक रग्बीको अन्तर्राष्ट्रिय भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया