• ३१ भदौ २०८३, बुधबार
  • ६ः२१ बेलुका

रोकिएन महिला हिंसाका घटनाक्रम

प्रकाशित मिति

२०७९ मंसिर २२ गते, बिहीबार ०७:४५

२२ मंसिर २०७९, काठमाडौँ : महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा लैङ्गिक हिंसाका घटना थपिने क्रम जारी छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा मङ्सिर २४ गतेसम्म अभियान सञ्चालन भइरहेको छ र यस अवधिमा तीन जना महिलाले अकालमा ज्यान गुमाएका छन्।

National Life

आइतबार काठमाडौँको धुम्बाराहीमा नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपाने जलेर गम्भीर घाइते भइन्। उनको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा मङ्गलबार मृत्यु भयो । मृतक पुष्पाको गत भदौ १८ गते युवक सुधन सङ्ग्रौलासँग जनैसुपारी सम्पन्न भएको थियो। विवाह गर्ने सहमतिपछि गरिएको जनैसुपारी वर पक्षले एकतर्फी रूपमा तोडेको बताएपछि भएको पुष्पाको मृत्यु रहस्यमय बनेको छ।


शनिबार वर पक्षले पुष्पाको घरमा पुगेर जनैसुपारी र दक्षिणा फिर्ता गर्दै मगनी तोडिएको घोषणा गरी वधू पक्षबाट उपहारस्वरूप पाएका सामान फिर्ता लिन आउन भनेको थियो। वर पक्षको घरमा पुगेकी पुष्पाको जलेर भएको मृत्युबारे जिल्ला प्रहरी परिसर काठमाडौँले युवक सुधनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। यस्तै सुर्खेतको पञ्चपुरी नगरपालिका–३, तोक्माका ३८ वर्षीय अम्मर आलेमगरले मङ्गलबार दिउँसो धारिलो हतियार प्रयोग गरी ३० वर्षीया पत्नी मीना आलेको घाँटी रेटेर हत्या गरेका छन्। आरोपित आलेमगरलाई इलाका प्रहरी कार्यालय बाबियाचौरले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित एकल महिला उषा राईको हत्या भएको छ। एक समूहले कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले चार जना महिलालाई पक्राउ गरी सार्वजनिकसमेत गरिसकेको छ। प्रहरीले उक्त घटना भएको बेला खिचिएको भिडियोमा देखिएका महिलाको पनि खोजी र अनुसन्धान भइरहेको जनाएको छ। उक्त घटनामा सिर्जना राई, मीना राई र नीरकुमारी गुरुङको पनि संलग्नता रहेको भन्दै जाहेरी परेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।


समाजसास्त्री डा टीकाराम गौतमले सङ्क्रमणबाट गुज्रिरहेको नेपाली समाजमा विकृति र विसङ्गति मौलाउँदै जाँदा असंवेदनशीलता तथा अराजकता बढेको बताए। उनले लैङ्गिक हिंसाविरुद्धको अभियानका क्रममा भएका पछिल्ला घटनाले समाजमा संवेदनहीनता मौलाउने खतरा देखाएको बताए। यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।

प्रतिकृया