• १४ असोज २०८३, बुधबार
  • १ः०८ दिउँसो

सानिमा बैंकले ल्यायाे १८ वटा सुविधासहितको जेनेरेशन सानिमा सेभिङ्ग खाता

प्रकाशित मिति

२०७९ मंसिर २१ गते, बुधबार ११:५२

२१ मंसिर २०७९, काठमाडौँ : सानिमा बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा १८ वटा सुविधासहितको जेनेरेशन सानिमा सेभिङ्ग खाता सञ्चालनमा ल्याएको छ । उक्त खाता १८ वर्ष भन्दा माथिका युवा वर्गहरुलाई लक्षित गरी ल्याइएको बचत खाता हो। शून्य मौजदातमा खोल्न सकिने उक्त खातामा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, इ–कम कार्ड (पहिलो टपअप निःशुल्क), डिम्याट खाता र मेरो शेयर निःशुल्क जारी गरिनेछ ।

National Life

साथै, बैंकले निःशुल्क भेरिफाइड बाइ भिसा (Verified by VISA) दर्ता, निःशुल्क सिआस्वा (CASBA) आवेदन, देशभरीका भिसा नेटवर्क ए.टि.एम.मा मासिक ३ निःशुल्क रकम झिक्न सकिने र निःशुल्क इ स्टेटमेन्ट सेवाको व्यवस्था पनि गरेको छ । यसका साथै विदेशी सटहीमा ०.१० पैसाको प्रिमियम-छुट, शैक्षिक कर्जा र अन्य कर्जाहरुको सेवा शुल्कमा ०.२५% छुट, डलर ट्राभल कार्ड जारी गर्दा १८% छुट, स्विफ्ट (SWIFT) र डिमान्ड ड्राफ्ट (Demand Draft) को शुल्कमा १८% छुट र अमेरिकी डलर भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा १८% छुट दिने व्यवस्था ल्याएको छ ।


यस खाताले युवा वर्गहरुबीच वचत गर्ने बानी र डिजिटल बैंकिङ्गको प्रयोगलाई बढावा दिने बैंकको विश्वास रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया