• १० असोज २०८३, शनिबार
  • १०ः२५ राती

जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश

प्रकाशित मिति

२०७९ मंसिर २० गते, मंगलवार ०६:२२

२० मंसिर २०७९, काठमाडौँ : साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल जानुब स्टेडियममा सोमबार राति जापानलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको हो ।

National Life

निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएको खेलमा थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको पुगेको थियो । पेनाल्टी सुटआउटमा क्रोएसिया ३–१ ले विजयी भयो। पेनाल्टी सुटआउटमा क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले गोल गरे ।


भने मार्को लिभाजा पेनाल्टीमा गोल गर्न असफल भए । जापानका ताकुमा असानोले गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न सकेनन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया