• १० असोज २०८३, शनिबार
  • ११ः२५ राती

ब्राजिलको बिरासत भत्काउने कोरियाको दाउ

प्रकाशित मिति

२०७९ मंसिर १९ गते, सोमबार ०८:४४

१९ मंसिर २०७९, काठमाडौँ : विश्वकप फुटबलको सर्वाधिक सफल टोली ब्राजिल र एशियन राष्ट्र दक्षिण कोरिया भिड्दै छन्। नकआउटको छैटौं खेल स्टेडियम ९७४ मा राति १२ः४५ बजे सुरु हुनेछ। ब्राजिल समूह जी को विजेता र कोरिया समूह एच को उपविजेता हो। अन्तिम खेलमा ब्राजिल कमजोर मानिएको क्यामरुनसँग पराजित हुँदा समूहको बलियो टोली पोर्चुगललाई पराजित गर्दै कोरियाले नकआउटको यात्रा तय गरेको हो।

National Life

विश्वकप फुटबलमा यी टोली पहिलो पटक भेट भएका हुन्। यसअघि ७ पटक मैत्रीपूर्ण खेलमा ब्राजिल हाबी छ। ७ महिनाअघि मात्रै पनि ब्राजिलले कोरियालाई ५–१ ले पराजित गरेको थियो। त्यसअघिका ६ भेटमा पनि ब्राजिल ५ पटक विजयी हुँदा कोरियाले एक पटक मात्रै आफ्नो पक्षमा नतिजा निकालेको छ। १९९९ मा भएको मैत्रिपुणर्न खेलमा कोरिया १–० ले विजयी भएको थियो। त्यसपछि लगातार ४ खेल ब्राजिलले जितेको छ।


विश्वकप फुटबलमा सर्वाधिक सफल टिम हो ब्राजिल। सबै विश्वकपमा सहभागी एक मात्रै टिम पनि हो। जसले ७ पटक फाइनलको यात्रा तय गर्दा सर्वाधिक ५ पटक उपाधि जितेको छ। ब्राजिलभन्दा एक कम इटली र जर्मनीले जितेका छन्। तर ती दुवै टोली यसपटक उपाधि होडमा छैनन्। इटली छनोट नै भएन भने जर्मनी समूह चरणबाटै बाहिरियो। यसअघिको विश्वकपमा पनि ब्राजिल क्वाटरफाइनलसम्म पुगेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

ब्राजिल अन्तिम १६ बाट दुई पटक मात्रै बाहिरिएको छ। १९३४ को दोस्रो विश्वकप र १९९० मा मात्रै अन्तिम १६ बाट बाहिरिएको थियो। ७ विश्वकपमा फाइनलमा पुगेको ब्राजिलले ५ पटक विश्वकप जितेको छ। पछिल्ला ७ विश्वकपमा ३ पटक फाइनलमा पुगेको ब्राजिलले २ पटक उपाधि जितेको छ। ब्राजिल २०१४ सहित ४ पटक सेमिफाइनल पुगेको छ। ५ पटक क्वार्टरफाइनजलबाट बाहिरिएको छ भने ३ पटक मात्रै समूह चरणबाट बाहिरिएको छ।


दक्षिण कोरिया १९५४ मा पहिलो पटक विश्वकपमा सहभागी भएको थियो। त्यसपछि ७ वटा विश्वकपमा सहभागी नभएको कोरिया अहिले लगातार १० औं पटक विश्वकपमा सहभागी भएको छ। कोरियाको सर्वाधिक सफल विश्वकप २००२ को हो। जतिबेला ब्राजिलले उपाधि जितेको थियो। त्यतिबेला सेमिफाइनलसम्म पुगेको कोरिया बाँकी ८ विश्वकपमा समूह चरणबाट अगाडि बढ्न सकेको थिएन। २०१० मा अन्तिम १६ बाट बाहिरिएको थियो।


२०१८ को विश्वकपमा समूह चरण पार गर्न नसकेपनि अन्तिम खेलमा जर्मनीलाई २–० ले पराजित गर्दै घर पठाएको थियो। यसपटक पनि कोरियाले समूहको अन्तिम खेलमा उस्तै नतिजा निकाल्यो। अन्तिम खेलअघिसम्म १ अंक मात्रै भएको कोरिया पूर्व विश्वविजेता उरुग्वेलाई गोलअन्तरमा पछि पार्दै नकआउटमा पुगेको हो। पहिलो खेल उरुग्वेसँग बराबरी खेलेको कोरियाले दोस्रो खेलमा घानासँग पराजित भएको थियो। अन्तिम खेलमा समूहको शीर्षस्थानमा रहेको पोर्चुगललाई पराजित गर्दै नकआउटको यात्रा तय गरेको हो।


ब्राजिल भने समूहचरणबाट सहजै पार भएको टोली हो। पहिलो खेलमा सर्वियालाई २–० ले पराजित गरेको ब्राजिलले दोस्रो खेलमा स्विट्जरल्याण्डलाई १–० ले पराजितगरेसँग नकआउटमा स्थान बनाएको थियो। अन्तिम खेलमा भने उसले अनपेक्षित हार व्यहोर्‍यो। नकआउटमा स्थान बनाइसकेका कारण प्रमुख खेलाडीलाई विश्राम दिएको ब्राजिल क्यामरुनसँग १–० ले पराजित भएको थियो। सोमबार राति ब्राजिल आफ्नो बिरासत जोगाउने दाउमा हुने छ भने कोरिया इतिहास रच्न चाहन्छ।

प्रतिकृया