• १० असोज २०८३, शनिबार
  • १०ः५५ राती

जर्मनी र कोस्टारिकाबीचको खेलमा तीन महिला रेफ्रीले बनाउँदैछन् इतिहास

प्रकाशित मिति

२०७९ मंसिर १४ गते, बुधबार ०७:००

१४ मंसिर २०७९, काठमाडौँ : फिफा विश्वकप २०२२ मा महिला रेफ्रीले इतिहास रच्ने भएका छन्। विश्वकपअन्तर्गत भोलि राति समूह ‘ई’ मा कोस्टारिका र जर्मनीबीचको खेलमा तीन जना रेफ्री नै महिना हुनेछन्। फिफा विश्वकपको पुरुषको स्पर्धा खेलाउने उनीहरु पहिलो महिला रेफ्री बन्नेछन्। ३८ वर्षीय फ्रेञ्च रेफ्री स्टेफिन फ्रापपार्ट मूख्य रेफ्रीको भूमिकामा हुनेछिन् भने सहायक रेफ्रीमा नेउजा ब्याक र कारेन डियाज हुनेछन्।

National Life

उनले फुटबल इतिहासमा पहिलो पटक पुरुष प्रतिस्पर्धा खेलाउन लागेकी भने होइनन्। यसअघि उनले फ्रेञ्च लिग वान र यूईएफए च्याम्पियन्स लिग खेलमा रेफ्री गर्ने पहिलो महिलाको इतिहास बनाएकी थिइन्। ‘पुरुष विश्वकप विश्वको सबैभन्दा महत्त्वपूर्ण खेलकुद प्रतियोगिता हो। म फ्रान्स र युरोपमा पहिलो रेफ्री थिएँ, त्यसैले मलाई यो कसरी सामना गर्ने भन्ने थाहा छ,’ उनले भनेकी छिन्।


विश्वकपअघि फिफा रेफ्री समितिका अध्यक्ष पियर्लुइगी कोलिनाले विश्वकपमा तीन महिला रेफ्रीहरूको बारेमा भनेका थिए,‘उनीहरू महिला भएकाले छनोट भएका होइनन्, उनीहरु फिफा रेफ्रीको रूपमा छानिएका हुन्। उनीहरू कुनै पनि खेललाई खेलाउन क्षमता राख्छन्।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया