• १२ असोज २०८३, सोमबार
  • ३ः२४ राती

म्यादी प्रहरीलाई अपशब्द बोलेको आरोपमा युट्युवर नविन खड्का पक्राउ

प्रकाशित मिति

२०७९ मंसिर १४ गते, बुधबार ०६:२४

१४ मंसिर २०७९, काठमाडौँ : निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीलाई विभिन्न आक्षेप र लान्छना लगाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर˗४ हुप्राचौर घर भएका २० वर्षीय नविन खड्का उर्फ प्रतिकलाई पक्राउ गरिएको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए ।

National Life

प्रतिक खड्का नामको युट्युवमा खड्काले म्यादी प्रहरीलाई ‘कुकुर’ तथा म्यादी प्रहरीमा जानेहरू ‘केटी हेर्न’ का लागि जाने गरेको भन्दै अपशब्द प्रयोग गरेका छन् । महिला म्यादी प्रहरीलाई उनले अपाच्य शब्दहरु प्रयोग गरेका छन् ।
युट्युवमार्फत आक्षेप र लान्छना लगाएर समाजमा अपाच्य हुने शब्द प्रयोग गरेर नकारात्मक सन्देश प्रवाह गरेको एसएसपी अर्यालले बताए ।


मकवानपुरबाट पक्राउ गरेर खड्काविरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया