• १० असोज २०८३, शनिबार
  • ११ः२५ राती

आजदेखि विश्वकपका २ खेल एकै समयमा, के तपाइलाइ थाहा छ यस्ताे किन हुन्छ ?

प्रकाशित मिति

२०७९ मंसिर १३ गते, मंगलवार ०१:१४

१३ मंसिर २०७९, काठमाडौँ: कतारमा जारी विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज मंगलबार समुह चरणको अन्तिम चरणका खेलहरु हुदैछन्। समुह चरणका यस अघिका खेलहरु फरक फरक समयमा हुने गरेको भएपनि अन्तिम चरणका खेलहरु एकै समयमा सुरु हुनेछ । समुहमा रहेका ४ वटै टोली एकै समयमा मैदान उत्रने छन् ।

National Life

आज देखि समुह चरणका अन्तिम खेलहरु ८:४५ र १२:४५ मा हुने छ । ८:४५ मा २ खेल हुने छ भने १२:४५ मा पनि २ खेल नै हुने छ । नकआउट चरणमा पुगेपछि भने एक समयमा १ खेल मात्र हुने छ ।


एकै समयमा २ खेल हुँदा प्रत्यक्ष खेल हेर्ने बानी परेका समर्थकलाई खेल हेर्न केहि असहज पक्कै हुनेछ । साथमा किन यस्तो भएको होला भन्ने जिज्ञासा हुन सक्छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यो नियम बनाएको हो । फिफाले रहरले एकै समयमा २ खेल राखेको भने होइन । यो फिफाको बाध्यता हो । सन् १९८२ को बिश्वकपमा जर्मनीले म्याच फिक्सिङ गरेपछि बाध्यताबस फिफाले समुह चरणका अन्तिम खेल एकै समयमा गर्ने गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

के गरेको थियो जर्मनीले ? यस्तो छ रोचक प्रसङ्ग

सन् १९८२ को विश्वकपमा वेस्ट जर्मनी नामले चिनिने जर्मनको टोली ग्रुप २ मा थियो । यस ग्रुपमा वेस्ट जर्मनी संगै अल्जेरिया, अस्ट्रिया र चिली थिए । अल्जेरियाले पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो ।


डेब्यु गरेको अल्जेरियाले वेस्ट जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै उत्कृष्ट लयमा प्रतियोगिता सुरु गर्यो । अल्जेरियाले दोस्रो खेलमा अस्ट्रियासंग २-० पराजय बेहोर्यो तर तेस्रो खेलमा चिलीलाई ३-२ गोल अन्तरले पराजित गर्दै ३ खेलमा ४ अंक बटुल्यो । त्यस समय १ खेल जितेको २ अंक मात्र आउथ्यो । यस संगै अल्जेरिया बिश्वकपमा २ खेल जित्ने पहिलो अफ्रिकन टोली बन्यो ।


चिली र अल्जेरियाले ३ खेल खेलीसकेका थिए । तर जर्मनी र अस्ट्रियाले आफ्नो तेस्रो खेल खेल्न बाँकि थियो । जर्मनी र अस्ट्रियाले खेल्नु अगाडी अस्ट्रिया ४ अंक सहित शिर्ष स्थानमा थियो भने अल्जेरिया पनि ४ अंक सहित दोस्रो स्थानमा थियो । जर्मनी २ अंक सहित तेस्रो स्थानमा थियो ।


जर्मनी र अस्ट्रियाबीचको खेलमा जे भयो त्यसको कारण बलियो रहेको अल्जेरिया दोस्रो चरणमा पुग्न सकेन । त्यसलाई ‘डिसग्रेस अफ गिजोन’ पनि भनिन्छ । त्यो बिश्वकप स्पेनमा भएको थियो भने गिजोन स्पेनको शहर हो जहाँ जर्मनी र अस्ट्रियाबीचको खेल भएको थियो ।


खेल सुरु भएको १० मिनेट मै जर्मनीले गोल गर्यो । त्यसपछि दुवै टोलीले गोल गर्ने प्रयास समेत गरेनन्। बिपक्षी टोलीका खेलाडीहरुले खोस्न नआएसम्म आफ्नो टोलीका सदस्यलाई मात्र बल पास गरि रहे । दुवै टिमले गोल गर्ने कुनै प्रयास नै गरेनन ।


खेल जर्मनीले जितेपछि जर्मनी , अस्ट्रिया र अल्जेरिया सबैको समान ४-४ अंक भयो । तर गोल डिफरेन्सको आधारमा जर्मनी, र अस्ट्रिया अर्को चरणमा पुगे भने अल्जेरिया अर्को चरणमा पुग्न बन्चित भयो ।


जर्मनी र अस्ट्रिया दुवैटोली अर्को चरण पुग्न खेलको नतिजा कस्तो आउनु पर्छ भन्ने दुवै टोलीलाई थाहा भईसकेको थियो र उनीहरुले सोहि अनुसारको नतिजा निकाले । दुवै टोली युरोपियन थिए र दुवै टोली अर्को चरणमा पुगोस् भनेर अस्ट्रियाले खेल जितेर वा बराबरी गरेर समुह बिजेता बन्ने अवसर पनि त्यागी दियो ।


खेल सुरु हुनु भन्दा अगाडी नै दुवै टोलीलाई जर्मनीले १ वा २ गोलले जिते जर्मनी र अस्ट्रिया अर्को चरण पुग्छ भन्ने थाहा भईसकेको थियो । तर जर्मनीले ३ वा बढी गोलले जितेमा जर्मनी सहित अल्जेरिया अर्को चरण जाने थियो । साथै अस्ट्रियाले खेल बराबरी गरेको भए वा जितेको भए अस्ट्रिया सहित अल्जेरिया अर्को चरणमा जाने थियो ।


यसरी जर्मनी र अस्ट्रियालाई कुन नतिजा निकाल्नु पर्छ भने पहिले नै थाहा थियो । र उनीहरुले त्यहि नै गरे । रुष्ट बनेको अल्जेरियाले रेफ्रीले एक्सन लिनु पर्थ्यो भनेर जर्मनी र अस्ट्रियाले म्याच फिक्सिङ गरेको दाबी सहित फिफामा यसबारे उजुरी गर्यो । तर फिफाले कुनै पनि नियम नतोडिएको जनाउदै कारबाही गर्न मानेन ।


तर फिफाले भविष्यमा यस्ता समस्या नआओस भने समुहचरणको अन्तिम खेलहरु एकै समयमा गर्ने निर्णय गर्यो । यसो गर्दा खेल खेल्ने टोलीलाइ अर्को चरण पुग्न कस्तो नतिजा ल्याउन पर्छ भन्ने थाहा हुन् सक्ने थिएँन र सबैले जित्नको लागि खेल्छन् भन्ने फिफाको बिश्वास थियो ।


त्यसपछि १९८४ मा भएको युरोकप देखि नै समुह चरणको अन्तिम खेल एकै समुहमा हुन थाल्यो । बिश्वकपमा भने १९८६ देखि यसो गर्न थालिएको हो । म्याच फिक्सिङ गरेर अर्को चरण पुगेको भनिएको जर्मनी भने फाइनल खेलमा इटाली संग ३-१ ले पराजित हुदै उपविजेता मै सिमित रह्यो। फिक्सिङ गरेको भनिएको अर्को टोली अस्ट्रिया भने दोस्रो चरण पुगेपनि फ्रान्ससंग पराजित हुदै नक आउट चरण नै पुग्न सकेन ।

प्रतिकृया