• ११ असोज २०८३, आइतबार
  • ८ः४९ राती

रोकिएको मतदान दुई दिनभित्र सुचारु हुने

प्रकाशित मिति

२०७९ मंसिर ४ गते, आईतवार ०८:२६

४ मंसिर २०७९, काठमाडौँ : आइतबार रोकिएका प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतदान दुईदिनत्रि हुने भएको छ । निर्वाचन आयोगले आइतबार साँझ पत्रकार सम्मेलन गर्दै रोकिएका १५ स्थानका मतदान दुई दिनभित्र सम्पन्न हुने जनाएको हो ।प्रमुख निर्वाचन आयुक्त दिनेश थपिलयाले नवलपरासी र गुल्मीमा भोली नै मतदान हुने जनाए । उनका अनुसार पर्सीसम्ममा सुर्खेत, बाजुरामा मतदान गरिनेछ ।

National Life

आइतबार सकिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९मा ६१ प्रतिशत मत खसेको छ। बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म ६१ प्रतिशत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सिलसिलामा निर्वाचन सामग्रीको प्रयोगमा बाधा पु¥याउने, मतपत्रको दुरुपयोग गर्ने, मतदानको प्रक्रिया उल्लङ्घन गर्ने, मतेपटिकामा अन्य वस्तु खसाल्ने, पटक पटक मतदान गर्न खोज्ने, मतपत्र नष्ट गर्ने, मतदानस्थल कब्जा गर्नेलगायतका कार्यमा संलग्न जोसुकैलाई (निर्वाचन कसुर तथा सजय) ऐन, २०७३ बमोजिम तत्काल कारबाही प्रारम्भ गर्न निर्देशन दिइएको बताए ।


उनले मतदानका क्रममा कतिपय मतदान केन्द्रमा कर्मचारी र मतदाताको असावधानीका कारण प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको केही मतपत्र तोकिएको मतपेटिकामा नखसी अर्को मतपेटिकामा खसेको भन्ने गुनासो आएको बताए ।मतपेटिकामा रहेका ती सबै मतपत्रलाई मतगणनाका समयमा जनताको अभिमत खेर जान नदिने गरी राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधिको छलफलका आधारमा जुन तहका लागि खसेको मत हो सोही तहतर्फ गणना गर्ने गरी प्रबन्ध मिलाइएको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

मतगणनाका सन्दर्भमा उत्पन्न हुन सक्ने विवाद वा अस्पष्टतालाई स्थानीयरूपमै छलफल गरी समाधान गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई जिम्मेवार तुल्याइने र मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट सोधनी भएका विषयमा आयोगले तत्काल सम्बोधन गर्ने जनाइएको छ ।


मतपेटिका ढुवानी सुरु

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको छ । मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि दलीय सहमति जुटाई काठमाडौँ उपत्यकालगायतका क्षेत्रमा आज रातिदेखि नै मतगणना सुरु गर्ने र अन्य स्थानमा मतपेटिका सुरक्षित साथ सङ्कलन भएपछि तत्काल मतगणना प्रारम्भ गर्न आयोगले निर्देशन दिइएको छ ।

प्रतिकृया