निर्वाचन आयोगले भन्यो– करिब ६० प्रतिशत मत खस्यो
प्रकाशित मिति
२०७९ मंसिर ४ गते, आईतवार ०७:५५
४ मंसिर, २०७९, काठमाडौँ: आइतबार भएको मतदानमा निकै कम मत खसेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा आइतबार विहान ७ बजेबाट मतदान सुरु भएको थियो । मतदानमा करिब ६० प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिएको जानकारीअनुसार अहिलेसम्मको रिपोर्ट हेर्दा ६० प्रतिशत हाराहारीमा मत खसेको देखिएको छ । तर, उनले यसको पूूर्ण रिपोर्ट भोलि विहान आउने बताएका छन् ।

यसअघि निर्वाचन आयोगले आज ७० प्रतिशत मत खस्ने प्रक्षेपण गरेको थियो । मुख्य निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विहान मतदान गरे पछि पनि आफूले ७० प्रतिशत मत खस्ने अनुमान गरेको बताएका थिए ।

देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेको निर्वाचन आयोगको तथ्यांकले बताउँछ । आज प्रतिनिधि सभा तथा प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका लागि एकै चरणमा मतदान सम्पन्न भएको हो । केही छिटफूट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण भएको पनि आयोगले जनाएको छ ।
आज भएको मतदानमा १५ मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छ ।




प्रतिकृया