• १२ असोज २०८३, सोमबार
  • ३ः१५ राती

मतदानको दिनको मौसम पूर्वानुमान : प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना

प्रकाशित मिति

२०७९ मंसिर ४ गते, आईतवार ०६:४७

४ मंसिर २०७९, काठमाडौं : देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

National Life

महाशाखाका अनुसार राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। सोमबार प्रदेश १ र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ। तापक्रम क्रमिक रुपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न अनुरोध महाशाखाले गरेको छ।

प्रतिकृया