• १ भदौ २०८३, मंगलबार
  • ५:२६ बिहान

भारतबाट घटेर आयो पेट्रोलको मूल्य

प्रकाशित मिति

२०७९ मंसिर १ गते, बिहीबार ०१:२५

१ मंसिर २०७९, काठमाडौं : इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो। बुधबार आइओसीले नेपाललाई नयाँ मूल्य पठाएको छ। नेपाल आयल निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ ३४ पैसा घटाएर पठाएको हो।


त्यस्तै, डिजेलमा एक रूपैयाँ २५ पैसा बढेर आएको निगमले जनाएको छ। मूल्य घटेर आएसँगै निगमलाई पेट्रोलमा प्रतिलिटर १० रूपैयाँ ७६ पैसा नाफा छ। त्यस्तै, डिजेलमा १० रूपैयाँ ८६ पैसा घाटा छ।

Kamana Sewa

अब निगमको घाटा–नाफा १५ दिनमा खपत हुने डिजेलको आधारमा निर्भर रहन्छ। डिजेलको माग बढ्यो भने १५ दिनमा १५ देखि २० करोड रूपैयाँ घाटा हुने निगमले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया