• ३ साउन २०८३, आइतबार
  • ३:४१ बेलुका

म आफू भ्रष्टाचार गर्दिन, गर्न दिन्न, सुशासनको निम्ति जहिले पनि प्रतिबद्ध भएर इमान्दारीपूर्वक काम गर्न चाहन्छु : चन्दन कृष्ण श्रेष्ठ

प्रकाशित मिति

२०७९ कार्तिक ३० गते, बुधबार ०१:२९

चन्दन कृष्ण श्रेष्ठ आसन्न निर्वाचनमा नेकपा (एमाले) तर्फबाट भक्तपुर क्षेत्र नं. २ (ख) बाट प्रदेश सभा निर्वाचनमा सूर्य चिन्ह लिएर चुनावी मैदानमा होमिएका छन् । उनको अहिलेको चुनावमा चुनावी एजेण्डा, चुनाव जितेपछि उनले गर्ने कार्य योजना तथा विविध विषयको सेरोफेरोमा रहेर मातृभूमिन्यूजका सम्पादक मनोजराज रेग्मीले उनीसँग गरेको टेलिफोन अन्तर्वार्ताको सम्पादित अंशः

नेपालको राष्ट्रिय राजनीतिलाई कसरी विश्लेषण गर्नुभएको छ ?

Kamana Sewa

केपी ओलीको सरकारले देशमा नागरिकता, राष्ट्रियता, विकास, जनजीविका तथा अन्तर्राष्ट्रिय सम्बन्धमा निकै राम्रो काम गर्नुभएको थियो । त्यसैलाई आधार मानेर हामीले सुखी नेपाल, समृद्ध नेपाल कसरी बनाउन सकिन्छ भनेर मूल नारा र मूल लक्ष्य प्राप्तिको लागि नै हामीले काम गर्ने हो ।

Classic Tech Desktop

चुनावको लागि यहाँसँग के के योजना, एजेण्डा र कार्यदिशा छन् ?

मेरो ४० वर्ष लामो राजनीतिक र सामाजिक इतिहासमा देश, जनता र राष्ट्रको लागि जनताको पक्षमा काम गर्दै आइरहेको छु । मैले विद्यार्थी जीवन वि.स. २०३४,३५ सालबाट शुरु गरें । शिक्षाको विकास हुनुपर्दछ भनेर मैले शुरुदेखि नै शिक्षा क्षेत्रमा काम गरें । मैले चाणक्य कलेज अफ म्यानेजमेन्ट भनेर २०६५ देखि खोली अहिलेसम्म अध्यक्ष भएर काम गरेको छु ।

उम्मेदवारीको लक्ष्य भनेको मध्यपुर ठीमीको समग्र विकासको निम्ति म बागमती प्रदेशमा मध्यपुर क्षेत्रबाट सशक्त प्रतिनिधि भएर जाँदैछु । मध्यपुरमा हरेक किसिमको जनताहरुको वस्ती छ । पुरानो वस्तीलाई निवर्तमान मेयर निर्मल सुन्दरज्यूबाट उहाँको कार्यकालमा धेरै मूर्त अमूर्त कलाकृति, मठ मन्दिर, धारापानी, पोखरीहरु, मन्दिरहरु पौवा पार्टीहरुको पुर्ननिर्माण भैसकेको छ र त्यसबाट जनताले प्रत्यक्ष लाभ लिन सकिराखेका छैनन् । त्यसकारण मध्यपुर ठीमीलाई पर्यटकीय गन्तव्यको रुपमा लाने र पर्यटन उद्योगसँग जोड्ने हाम्रो उद्देश्य छ ।

म उद्योगी व्यवसायी भएको नाताले मलाई उद्योगको महत्व थाहा छ । मध्यपुर ठिमीमा धेरै शिक्षीत युवाहरु छन् र धेरै बेरोजगार छन् । त्यसैले ठीमीलाई पर्यटकीय उद्योगसँग जोडेर यहाँ होमस्टे खोल्ने, होटलहरु खोल्ने, रिसोर्टहरु खोल्ने, कफी हाउसहरु, ट्रयाभल एजेन्सी खोलेर युवाहरुलाई पर्यटन उद्येगसँग आबद्ध गराउने हाम्रो उद्देश्य रहेको छ । त्यसको लागि कतिपय ठाउँमा अनुदान दिनुपर्ने हुन्छ, कतिपय ठाउँमा उनीहरुलाई विभिन्न किसिमको पूँजीहरु दिनुपर्ने हुन्छ, त्यसको लागि कानुनहरु बनाउनुपर्ने हुन्छ । त्यसकारण प्रदेशसभामा गएर कानुन पनि बनाउने, उनीहरुलाई अनुदान र प्रोजेक्ट नै धितो राखेर ऋण दिने, कम ब्याजमा ऋणहरु दिनुपर्ने कामहरु गर्नुपर्दछ । मध्यपुर ठिमीमा भूकम्पले धेरै घरहरु ध्वस्त भएको छन् । कति हुनेखानेले आफ्नो बाहिरका जग्गाहरु बेचेर घरहरु बनाएका छन् भने कतिले टहरा बनाएर, एउटै चर्केको सानो घरमा २, ३ परिवार बसेर दुःख, सुख काटिरहेका छन् ।

हाम्रो छोराछोरीहरु यदि विदेश गएर त्यहाँ पीआर पाइसकेपछि फल्याट वा घर किन्न जसरी पैसा बैंक वा सरकारले दिन्छ त्यस्तै यहाँ हामीले कानुन बनाएर हुन्छ कि घरै बनाउन नसकिने, कुनै आयश्रोत नभएकोको लागि हामीले २०, ३०, ४० वर्षको लागि आवश्यकता अनुसार १० देखि ५० लाख दिएर भए पनि उसको टाउको लुकाउने बासको व्यवस्था गर्नुपर्दछ भन्ने हाम्रो मान्यता छ । मध्यपुर ठीमीमा २ किसिमको विकासको सम्भावना छ । एउटा पुरानो वस्ती, पुरातात्विक बस्तीलाई पुरातात्विक हिसाबले विकास गर्ने र नयाँ वस्तीलाई आधुनिक हिसाबले विकास गर्नुपर्दछ । जस्तै वडा नं. १, २, ३ र ८, ९ को धेरै भागहरुमा नयाँ वस्तीको रुपमा एकीकृत आयोजनाहरु पनि संचालन भैरहेको छ । संचालन पनि राम्रोसँग हुन सकेको छैन, त्यसलाई सरकारसँग समन्वय गरेर सफल गर्ने, त्यसरी सफल गर्ने, जनप्रतिनिधि २० वर्ष खाली भएको कारणले नगरपालिकाले कुनै मापदण्ड, कुनै अनुगमन, कुनै नक्सा पास जस्तो, बाटोघाटोको राम्रो व्यवस्था गर्न सकेको छैन । बाहिरबाट आएको मानिसले २, ३, ४ आना आफ्नो गच्छेअनुसार जुन बाटो छ त्यही बाटोलाई व्यवस्थापन गरेर घर बनाउनुभयो । तर उहाँहरुले कुनै अपराध त गर्नुभएको छैन । १२, १३ सय नक्सा अहिले पनि पास भएको छैन । नक्सा पास गराउनको निमित्त हामीले कतिपय मानिसको नक्सा पास भएको छैन र नक्सा पास गर्न हामीले समन्वय गर्ने, कानुन बनाउनुपर्ने भए बनाउने, नयाँ वस्ती जसरी बसेको छ उहाँहरुलाई बाटो छोड्न लगाएर त्यहाँ खानेपानी, ढल निकास, बाटो घाटो बनाउन लगाएर ढुँगा विच्छ्उने, ग्राभल गर्न लगाएर, सरकारले र नगरपालिकाले नक्सा पास गराउने देखि लिएर विभिन्न कुरामा सहयोग गर्नुपर्दछ भन्ने मेरो मान्यता छ । यसको लागि पनि नगरपालिकासँग समन्वय गर्नुपर्दछ ।

त्यसैगरी महिला सशक्तिकरण, आयआर्जन, महिला नेतृत्वको लागि विशेष बजेटको व्यवस्था गर्नुपर्दछ । अहिले यहाँ जेष्ठ नागरिकहरुको अवस्था निकै खराब छ । छोराछोरीहरु देश बाहिर छन्, उनीहरुलाई एउटा तातोपानी र औषधि खुआउने मानिस छैन । कति काममा जानुपर्ने भएकोले जेष्ठ नागरिकलाई हेरविचार गर्न सकेको छैनन्, त्यसको लागि राज्यले केही गर्नुपर्दछ भन्ने मेरो विचार छ । यहाँ विश्राम केन्द्रदेखि लिएर डे केयर सेन्टर कुराहरु व्यवस्थापन गर्नुपर्दछ । ती जेष्ठ नागरिकको सम्मानको लागि त्यहाँ हामीले सेवा प्रदान गर्न सकिन्छ, भन्ने मलाई लागेको हुनाले त्यसको लागि पनि कति बजेट छुट्याउनुपर्दछ, कति कानुनहरु बनाउनुपर्ने हुन्छ, त्यसको विधिसम्मत काम गर्नको लागि मध्यपुर ठीमी भक्तपुर क्षेत्र नं. २ ख बाट म सूर्य चिन्ह लिएर उम्मेदवार भएर प्रस्तुत भएको छु । सम्पूर्ण आदरणिय महानुभावहरुसँग म आग्रह गर्न चाहन्छु कि मलाई सूर्य चिन्हमा मतदान दिएर अत्याधिक मतले विजयी गराइदिनुहोला । म आफू भ्रष्टाचार गर्दिन, गर्न दिन्न, सुशासनको निम्ति जहिले पनि प्रतिबद्ध भएर इमान्दारीपूर्वक काम गर्न चाहन्छु ।

अरु प्रतिष्पर्धिभन्दा तपाई आफूलाई कुन कुरामा श्रेष्ठ ठान्नुहुन्छ ?

म आफूलाई भाग्यमानी पनि ठान्छु । किनकी यहाँ कि कांग्रेस बलियो छ वा एमाले बलियो छ । यहाँ कांग्रेसको कुनै उम्मेदवार छैन, माओवादीको पनि कुनै उम्मेदवार छैन । गठबन्धनको नाममा यस पार्टीले नेकपा एमालेबाट छुट्टीनु भएका उम्मेदवार अथवा ५ वर्ष अगाडि नेकपा एमालेको तर्फबाट हामीले टिकट दिएर जनताले हामीलाई सहयोग गरेर जिताए । तर ती मानिसहरुले कुनै राम्रो काम गरेको देखिएका छैनन् । अब जनताहरु के चाहन्छ भने यहाँ कांग्रेसको न प्रत्यक्ष उम्मेदवार छ, न समानुपातिक उम्मेदवार छ, उहाँहरु धेरै असन्तुष्ट हुनुहुन्छ । त्यसैले मलाई विश्वास छ, म ६० सालमा उपमेयर भएर कांग्रेसको तर्फबाट मदनकृष्ण श्रेष्ठसंग, कांग्रेस इतरसँग मिलेर हामीले नगरपालिका चलायौं, हरेक विकासको कार्यहरु ग-यौं । मेरो कांग्रेसका मित्रहरुसँग, माओवादी मित्रहरुसँग मेरो सामाजिक र राजनीतिक सम्बन्ध छ । म व्यवसायिक गर्ने व्यक्ति पनि भएको हुनाले हिजो मैले गरेका कामको कारणले धेरैले तपाई सोझो मान्छे, तपाई भाग्यमानी मानिस, समाजसेवी, शिक्षा, स्वास्थ्य प्रेमी मानिस, उहाँलाई एक कार्यकाल दिइ नै सकेका छौं, अहिले दिनुपर्दैन भनेर धेरैको आवाज आएको हुनाले मलाई सकारात्मक सुझाव आइरहेको हुनाले राम्रै हुन्छ भन्ने हामीलाई आत्मविश्वास छ ।

अहिलेको गठबन्धनलाई कसरी हेर्नुभएको छ ?

उहाँहरुप्रति म खासै कुनै कमेन्ट गर्न चाहँदैन । उहाँहरु आफ्नो आफ्नो सैद्धान्तिक र विचारले के गर्दा राम्रो हुन्छ भन्ने कुरा मैले भनिरहनुपर्दैन । यो आफ्नो आफ्नो उद्देश्यले गरिएको अपवित्र गठबन्धन हो । आफ्नो आफ्नो अस्तित्व सुरक्षित गर्नको लागि मात्र हो । उहाँहरुको यो अपवित्र गठबन्धन कहाँसम्म सफल हुन्छ भन्ने कुरा सबैलाई थाहा छ, जगजाहेर छ, त्यही कारणले म विश्वस्त छु कि म निर्वाचित हुन्छु ।

युवाहरुलाई रोजगार दिने सम्बन्धमा के कस्ता योजनाहरु छन् ?

मध्यपुरमा धेरै शिक्षित युवाहरु बेरोजगार छन् । म जितेर गैसकेपछि एउटा शिक्षीत युवा बेरोजगारहरुको आइडिया सम्मेलन गर्दछु । सम्मेलन गरिसकेपछि म व्यवसायिक भएको हुनाले यहाँ कस्तो कस्तो उद्योगको सम्भावना छ, यहाँ पर्यटन उद्योगलाई कसरी विकास गर्ने, पर्यटन गन्तव्य कसरी बनाउने त्यस सम्बन्धमा छलफल हुन्छ र एउटा निष्कर्षमा पुग्न सकिन्छ । युवाहरुले पनि आफ्नो विचारहरु साझा गर्दछन् । उनीहरुलाई राखेर उनीहरुको स्किम, प्रोजेक्ट, योजनाहरु लगायत अन्य कुराहरु पत्ता लगाउने गनुपर्दछ । बाग्मती प्रदेशमा नेतृत्व गरेर जानुको लक्ष्य पनि ती शिक्षित युवा वेरोजगारलाई काम दिने हो । त्यसको लागि पनि एउटा कानुन बनाउनुपर्ने हुन्छ । उद्योगहरु संचालन गर्न उहाँहरुसँग कतिको धितो हुँदैन, त्यसकारण प्रोजेक्टलाई नै धितो राख्ने, अथवा अनुदान दिने अथवा तालिम दिने अथवा जे सम्भावना छ, त्यो काम गर्नुपर्ने हुन्छ । यहाँ धेरै सम्भावना छ, घरघरमा उद्योग खोल्न सकिन्छ । ४० वर्ष अगाडि मैले १० हजार रुपैयाँले उद्यमी भएर काम गरेको आज म व्यवसायिक लिडर भएको छ । मेरो उद्योग फस्टाएर आज म आर्थिक रुपले सबल भएको छु । त्यसकारण यहाँ रोजगारी आफै सिर्जना गर्न सकिन्छ भनेर मेरो आत्मविश्वास छ । म जितेर गैसकेपछि शिक्षित युवा वेरोजगारको आइडिया सम्मेलन गरेर त्यहाँबाट आएको निष्कर्षलाई कार्यान्वयन गर्नको लागि अहम भूमिका खेल्नेछु ।

अहिले सामाजिक संजालमा नो नट अगेन भन्ने आन्दोलन आएको छ यसलाई कसरी लिनुभएको छ ?

यसको काठमाडौंमा प्रभाव पर्ला तर भक्तपुरमा प्रभाव पर्दैन । मलाई मध्यपुरमा नचिन्ने मानिस शायदै होला । मेरो पृष्ठभूमि र मैले सेवा गरेको बारे सबैलाई थाहा छ । त्यसकारण भक्तपुरमा यो फर्मुला कमै लाग्दछ । तर काठमाडौंमा अनेक ठाउँबाट आउने र राष्ट्रिय अन्तराष्ट्रिय प्रभाव पर्ने भएकोले त्यहाँ त्यसको प्रभाव पर्न सक्दछ तर मध्यपुर जस्तो धेरै कोर एरिया भएको एरियामा त्यसको खासै प्रभाव पर्दैन ।

प्रतिकृया