• १२ असोज २०८३, सोमबार
  • ७ः५७ बिहान

पाकिस्तानका सबै टिभी च्यानलहरूमा इमरान खानको भाषण प्रसारणमा प्रतिबन्ध

प्रकाशित मिति

२०७९ कार्तिक २० गते, आईतवार ११:०३

२० कार्तिक २०७९, काठमाडौँ: पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पिइएमआरए)ले इमरान खानको भाषण पाकिस्तानका सबै टिभी च्यानलहरूमा प्रसारण गर्न प्रतिबन्ध लगाएको छ । पिइएमआरएले राष्ट्रिय सुरक्षाकाे लागि खतरा जनाउँदै भाषण प्रसारण गर्न प्रतिबन्ध लगाएकाे हाे ।

National Life

टिभी च्यानलहरूले पूर्वप्रधानमन्त्री खानको कुनै पनि भाषण र प्रेस सम्मेलन प्रसारण नगर्ने बताएको छ । पिइएमआरएले यस्ताे गरेकाे पाइएमा टिभी च्यानलहरूलाई बिनासूचना निलम्बन गरिने पनि जनाएको छ ।


पिइएमआरएका अनुसार निलम्बन गर्नुअगाडि कुनै पनि च्यानललाई कारण देखाऊ सूचना पनि जारी गरिने छैन । पिइएमआरएले यसअघिको पत्रकार सम्मेलनमा इमरान खानले गरेको टिप्पणीलाई ‘घृणित, निन्दनीय र अपमानजनक’ भनेकाे छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सूचनामा भनिएको छ कि इमरान खानले ‘देशका संस्थाहरू विरुद्ध हत्याको षड्यन्त्रको आधारहीन आरोप’ लगाएका छन् ।

प्रतिकृया