• ११ असोज २०८३, आइतबार
  • २ः३० राती

चोटका कारण पोग्बाले विश्वकप गुमाउने

प्रकाशित मिति

२०७९ कार्तिक १५ गते, मंगलवार ०९:२५

१५ कात्तिक २०७९, एजेन्सी : डिफन्डिङ च्याम्पियन फ्रान्सका स्टार पाउल पोग्बाले यो विश्वकप फुटबल गुमाउने भएका छन्। चोटका कारण उनले आगामी महिना कतारमा हुने विश्वकप फुटबल गुमाउन लागेका हुन्। विश्वकप अघि पोग्बा निको हुने अपेक्षा गरिएको थियो। तर घुँडाको शल्यक्रियाबाट निको हुन अझै समय चाहिने भएकाले उनी कतार नजाने भएका हुन्।

National Life

पोग्बाका एजेन्ट राफायल पिमेन्टाले पोग्बा फ्रान्सेली टिम बाहिर रहने स्पष्ट पारेका छन्। ‘टोरिनो र पिट्सबर्गमा हिजो र आजको चिकित्सा समीक्षा पछि, पोग्बालाई उनको शल्यक्रियाबाट निको हुन अझै समय लाग्ने जानकारी दिन अत्यन्त पीडादायी छ’, पोग्बाका एजेन्ट राफाएला पिमेन्टाले सोमबार एक विज्ञप्ति निकाल्दै भनेका छन्।


उनले अगाडि भनेका छन्, ‘यसै कारण, पोग्बा विश्वकपको विश्राम अघि न त युभेन्टसको टोलीमा सामेल हुन सक्नेछन् न त फ्रान्सको राष्ट्रिय टोलीमै।’ पोग्बा आफूलाई चाँडो मैदान फर्काउन चाहन्छन्। तर उनलाई धैर्यता राख्न आवश्यक रहेको उनले बताए। पोग्बाले अन्तिम टिममा स्थान बनाउने विश्वास गरिएको थियो। तर पछिल्लो चोटले उनी छनोट दौडबाट लगभग बाहिरिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले नेभेम्बरमा अष्ट्रेलियाविरूद्ध हुने पहिलो खेल अघिमात्र खेलाडीको छनोट टुङ्गो लाग्ने बताएका छन्। २९ वर्षिया मिडफिल्डरलाई घुडामा नयाँ चोट लागेको छ। उनी मैदान फर्कन प्रयास गर्दै आएका थिए। सोही कारण इटालियन क्लब युभेन्ट्स आए पनि उनी सुरूआती टिममा रहेर खेल्न पाएका छैनन्। पोग्बाले फ्रान्सको लागि अन्तिम खेल गत मार्चमा दक्षिण अफ्रिकाविरूद्ध खेलेका थिए। उक्त मैत्रीपूर्ण खेलमा फ्रान्स ५-० ले विजयी भएको थियो।


सेप्टेम्बरमा दाहिने घुडाको सल्यक्रियापछि पोग्बालाई लगभग दुई महिना टिम बाहिर राखिएको थियो। उनी नोभेम्बर २० सम्म विश्वकपका लागि तयार हुने अपेक्षा गरिएको थियो। तर नयाँ चोटले त्यो सम्भाावनालाई समाप्त पारिदिएको छ । प्रशिक्षक डेसच्याम्पले म्यानचेस्टर युनाईटेडबाट युभेन्ट्स आएका पोग्बा पूर्ण रुपमा फिट र फर्ममा भएको अवस्थामा मात्र विश्वकपमा छनोट गर्ने बताएका थिए।


पोग्बाले विश्वकप गुमाउने भएपछि फ्रान्सलाई अर्को ठूलो झट्का लागेको छ। फ्रान्सका एनगोलो कान्टे यसअघिनै विश्वकप बाहिर रहने पक्का भइसकेको छ। फ्रान्सले पछिल्लो विश्वकपको उपाधि उचाल्दा पोग्बा र कान्टे टिमका महत्वपूर्ण हिस्सा थिए।

प्रतिकृया