• १४ असोज २०८३, बुधबार
  • १२ः३८ दिउँसो

सी जिनपिङ ऐतिहासिक तेस्रो कार्यकालका लागि बने चिनियाँ नेता

प्रकाशित मिति

२०७९ कार्तिक ६ गते, आईतवार १०:४३

५ कात्तिक २०७९, काठमाडौँ: सी जिनपिङ ऐतिहासिक तेस्रो कार्यकालका लागि चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च नेता तथा राष्ट्रपति बनेका छन्। सामान्यतया दुई कार्यकाल नेता रहने परम्परा भए पनि सी तेस्रो कार्यकालका लागि सर्वोच्च नेता बनेका हुन्। चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय कंग्रेसले उनलाई तेस्रो कार्यकालका लागि नेता चयन गरेको हो।

National Life

६९ वर्षका सी विगत १० वर्षदेखि पार्टीको नेता तथा राष्ट्रपति रहँदै आएका छन्। पार्टीको नेतामा लगातार तेस्रो कार्यकालका लागि चयन भएका सी पोलिट्ब्युरो स्थायी कमिटीका नयाँ सदस्यसहित आइतबार बिहान मञ्चमा उपस्थित भएका हुन्। पार्टीको सात सदस्यीय स्थायी समितिमा राष्ट्रपति सीसहित ली क्वेयाङ, झाओ लिजी, वाङ हुनिङ, काइ की, दिङ सुसियाङ र ली सी रहेका छन्। ली क्वेयाङ नयाँ प्रधानमन्त्री बनेका छन्।


नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका ली राष्ट्रपति सीका विश्वास पात्र हुन्। राष्ट्रपति सीले पत्रकार समक्ष सम्बोधन गर्दै शनिबार पार्टीको कंग्रेस सफलता पूर्वक सम्पन्न भएको बताए। पार्टी थप एकतावद्ध भएको उनले बताए।अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथ आफ्नो पार्टीको कंग्रेसलाई नियालेको पनि उनले उल्लेख गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया