• २२ भदौ २०८३, सोमबार
  • २ः३२ राती

सत्यमोहन जोशीको शरीर नजलाइने, अध्ययनका लागि अस्पतालमै राखिने

प्रकाशित मिति

२०७९ आश्विन ३० गते, आईतवार ११:३३

३० आश्विन २०७९, काठमाडौँ: शताब्दीपुरुष सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ । १०३ वर्षको उमेरमा जोशीको आइतबार बिहान निधन भएको थियो । किस्ट अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शरीर नजलाउने, अन्ययन अनुसन्धानका लागि दान दिने निर्णय भएको छ ।

National Life

जोशीले यसअघि नै आफ्नो शरीर नजलाई अध्ययनका लागि राख्न भनेका थिए । पारिवारिक स्रोतले दिएको जानकारीअनुसार जोशीका दुई छोराले नै बुबाको इच्छाअनुसार शरीर दान गर्ने बताएका थिए । “अध्ययन अनुसन्धानका लागि आफ्नो शरीर दान गर्ने उहाँले बताउनुभएको थियो,” पारिवारिक स्रोतले भन्यो, “अध्ययनका लागि उहाँको शव किस्ट मेडिकल कलेजमै राखिनेछ ।”


केही समय भने उनको शरीरलाई अन्तिम दर्शनको निम्ति अस्पताल परिसरमै राख्ने तयारी भएको छ । विसं १९७७ वैशाख ३० गते जन्मिएका जोशीको आइतबार बिहान उपचारको क्रममा निधन भएको हो । उनका दुई छोरा रहेका छन् ।

Classic Tech Desktop

प्रतिकृया