• १३ असोज २०८३, मंगलबार
  • १ः५८ दिउँसो

ओलाले सस्तो स्कुटर यही महिना सार्वजनिक गर्दै, कति होला मूल्य ?

प्रकाशित मिति

२०७९ आश्विन २५ गते, मंगलवार १०:२५

२५ आश्विन २०७९, काठमाडौँ: चर्चित दुईपांग्रे इलेक्ट्रीक स्कुटर निर्माता कम्पनी ओलाले सस्तो इलेक्ट्रीक स्कुटर ल्याउने भएको छ । ओलाका सीईओ भाविश अग्रावलले ट्वीटमार्फत नयाँ स्कुटर ल्याउने जानकारी गराएका हुन् ।

National Life

कम्पनीले हाल १ लाख भारतीय मूल्य र १ लाख ४० हजार भारतीय मूल्यका स्कुटर विक्री गर्दै आएको छ । सीईओ अग्रवालका अनुसार यो पटकको फेस्टिभ सिजनलाई लक्षित गरेर २२ अक्टोवरमा कम्पनीले नयाँ स्कुटर बजारमा ल्याउने छ । उनले अन्य जानकारी भने बाहिर ल्याएका छैनन् ।


निकै चर्चा कमाएको ओलाको ब्यापार केही महिना यता व्यापक रूपमा घट्दो क्रममा रहेको छ । यसलाई मध्येनजर गर्दै कम्पनीले भारी छुटमा हाल भएका स्कुटरहरू विक्री गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

गत महिनाको सेल्समा ओलाले ५ पहिलो स्थान गुमाउँदै टप ५ बाट बाहिरिएको थियो । ओलाले हाल उपलब्ध एस १ को तुलनामा केही कम फिचर भएको नयाँ स्कुटर ल्याउने छ ।


ओला एस १ प्रोको तुलनामा एस १ को मूल्य तथा फिचरसमेत कम रहेको छ । कम्पनीले लो बजेट ग्राहकलाई लक्षित गरेर ८० हजार भारतीय रुपैयाँ हाराहरीको नयाँ स्कुटर सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ ।

प्रतिकृया