राष्ट्र बैंकले ५६ करोड मुद्दती निक्षेपमा लगानी गर्दै(विवरण सहित)
प्रकाशित मिति
२०७९ आश्विन २५ गते, मंगलवार १०:२३
२५ असोज २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकले ५६ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम ३६७ दिनका लागि (२०७९ साल कार्तिक ३ गतेदेखि २०८० साल कार्तिक ४ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएको छ ।
बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ४४ करोड ८० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ८ करोड ४० लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा २ करोड ८० लाख रुपैयाँ गरी कूल ५६ करोड रुपैयाँ लगानी गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाले असोज २७ गते बिहान १० बजेदेखि राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।
मुद्दती निक्षेपको बारेमा सम्पूर्ण विवरण यस प्रकारको छ:









प्रतिकृया