• ११ असोज २०८३, आइतबार
  • २ः५० राती

संविधान दिवस: स्व. सुशील कोइरालालाई नेपाल रत्न, सत्यमोहनलाई राष्ट्र गौरवबाट विभूषित

प्रकाशित मिति

२०७९ आश्विन ३ गते, सोमबार ०८:२६

३ असोज २०७९, काठमाडौँ : गृह मन्त्रालयले संविधान दिवसका अवसरमा मानपदवी, अलङ्कार र पदक पाउनेको नाम सार्वजनिक गरेको छ। पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालालाई नेपाल रत्न प्रदान गरिने भएको छ। यस्तै राष्ट्र गौरव स्व। जीवराज न्यौपाने आश्रित, तत्कालीन मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई दिइने भएको छ।

National Life

सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट संस्कृतिविद् जगमान गुरूङलाई विभूषित गरिने भएको छ। यस्तै सुकीर्तिमय राष्ट्रदीपबाट कलाकार नीर शाह, अभिनेता राजेश हमाल, कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतलाई विभूषित गरिने भएको छ।


राष्ट्रपति विद्यादेवी भण्डारीले मानपदवी, अलङ्कार र पदक पाउनेको नाम घोषणा गरेको गृह मन्त्रालयले आजको गोरखापत्रमा जारी गरेको सूचनामा उल्लेख छ। विभिन्न पेशागत क्षेत्रमा रहेका व्यक्तिहरू गरी करिब एक हजार जनालाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया