• २० भदौ २०८३, शनिबार
  • ९ः१४ राती

बालेनको अर्काे काम २५ वर्षपछि टेकुको फोहोर स्टेसन सफा, हट्यो सबै फोहोर

प्रकाशित मिति

२०७९ भाद्र २४ गते, शुक्रबार ०९:०१

२४ भाद्र २०७९, काठमाडौँ : साढे दुई दशकदेखि काठमाडौँमा फोहोरको समस्या रहँदै आएको छ। कतिसम्म भने कहिलेकाहीँ त महिनौँ दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैन। गत चैतयता काठमाडौँमा थुप्रिएको फोहोर उठ्न सकेन। सिसडोल ल्यान्डफिल साइट र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले फोहोर व्यवस्थापन गर्न अवरोध गरेपछि काठमाडौँमा फोहोर थुप्रिएको थियो। त्यसमा पनि टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत साढे दुई दशकदेखि फोहोर थुप्रिँदै आएको थियो। फोहोरका कारण टेकु वरिपरि हिँड्नसमेत सकिन्नथ्यो।

National Life

तर, केही दिनयता टेकुको फोहोर सबै उठेको छ। फोहोरका रास सबै व्यवस्थापन भइसकेको छ। काठमाडौं महानगरपालिकाले स्रोतबाटै कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध गरेसँगै अहिले फोहोर व्यवस्थापनमा सहज हुँदैछ। महानगर प्रमुख बालेन्द्र साह बालेनले फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई पनि गुहारेपछि अहिले टेकुसहित काठमाडौँका सडकमा फोहोर देखिन छाडेको छ।

प्रतिकृया