• १८ भदौ २०८३, बिहीबार
  • १०ः३८ राती

‘पैसा देऊ र कसैको पनि फोन ह्याक गर’, यो कम्पनीको यस्तो अफरले मच्चियो हंगामा

प्रकाशित मिति

२०७९ भाद्र १३ गते, सोमबार ११:३३

१३ भाद्र २०७९, काठमाण्डौ । पेगाससको पछिल्लो समय निकै चर्चा हुने गरेको छ। एनएसओ समूहले आफ्नो जासुसी सफ्टवेयर पेगाससको सहयोगमा मानिसका मोबाइल ह्याक गरेको र उनीहरुमाथि नजर राखेको आरोप लागेको थियो।

अहिले फेरि अर्को जासुसी सफ्टवेयर चर्चामा आएको छ। त्यो हो स्पाइवेयर कम्पनीको ‘इन्टेलेक्सा’। यो सफ्टवेयरमार्फ एन्ड्रोइड र आईओएस दुवै उपकरण ह्याक गर्न सक्ने कम्पनीको दाबी छ। यसका लागि कम्पनीले मोटो रकम पनि लिन्छ।

Kamana Sewa

जासुसी सफ्टवेयर प्रयोग गरेबापत कम्पनीको शुल्क ८० लाख डलर राखिएको छ। मालवेयर स्रोत कोड प्रदायक भीएक्स–अन्डरग्राउन्डको कागजातले इन्टेलेक्साको प्रस्ताव देखाउँछ। यसले एन्ड्रोइड र आईओएस उपकरण ह्याक गरेको बताइएको छ।

Classic Tech Desktop

यसबारेमा ट्विट पनि गरिएको छ। जसमा यो लिक भएको कागजातका बारेमा भनिएको छ कि आईओएस रिमोट कोड कार्यान्वयनले शून्य दिनको त्रुटिको फाइदा लिन्छ। यसका लागि ८० लाख डलर खर्च गर्नुपर्नेछ। यो अफरले १० वटा एन्ड्रोइड र आईओएस डिभाइसमा असर गर्ने बताइएको छ।

सेक्युरिटी विकले यसबारे जानकारी दिएको हो। डकुमेन्टलाई भने निकै गोप्य राखिएको छ। यो पनि भनिएको छ कि यसले आईओएस १५।४।१ र पछिल्लो एन्ड्रोइड १२ लाई लक्षित गर्न सक्छ। रिपोर्टमा यो अफर रिमोट र एक क्लिक ब्राउजरमा आधारित फ्लोका लागि हो भनिएको छ।

यसबाट पेलोड प्रयोगकर्ताको एन्ड्रोइड वा आईओएस मोबाइलमा इन्जेक्ट गरिन्छ। इन्टेलेक्सा एउटा युरोपेली कम्पनी हो। यसका बारेमा चर्चा चल्न थालेपछि कम्पनी विवादमा परेको छ। तर, कम्पनीले हालसम्म कुनै स्पष्टीकरण दिएको छैन। –एजेन्सी

प्रतिकृया