• २३ भदौ २०८३, मंगलबार
  • २ः२२ राती

महेश बस्नेतको दाबीः प्रत्यक्षमा ७० भन्दा बढि सिट बढि जित्छौं

प्रकाशित मिति

२०७९ भाद्र १२ गते, आईतवार १२:००

१२ भाद्र २०७९, काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आगामी निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी ”नेता बस्नेतले क्लबले निर्वाचनकेन्द्रित बहसको थालनी गरेकोमा क्लब र यसका सभापति ऋषि धमलालाई धन्यवाद पनि दिएका थिए । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले दलहरु निर्वाचनको सन्दर्भमा आ आफ्नो ढंगले तयारीमा लागेको उल्लेख गर्दै आफ्नो पार्टीपनि निर्वाचनको तयारीमा होमिएको सुनाए ।

National Life

उनले भने,“हाम्रो केन्द्रीय कमिटी बैठक आज सकिन्छ । अब देशव्यापी रुपमा निर्वाचनको तयारीमा गैरहेका छौं । गठबन्धनले पनि आफ्नो तयारी गरिरहेको छ । हामीले निर्वाचनको घोषणापत्र लेख्ने कामको थालनी गरेका छौं । यसको नेतृत्वमा पनि अध्यक्ष केपी ओलीले गर्नुभएको छ । देशव्यापी रुपमा आएका रायसुझाव पनि सुन्छौं । हाम्रो दलले सुखी नेपाली र समृद्ध नेपालीको अभियान चलाएको थियो । हामीले विकासको तिव्र विकास गर्यौं । ठूला–ठूला औद्योगिक क्षेत्र निर्माण भयो ।”


संक्रमणकालिन न्यायसम्बन्धी विद्येयक पीडकमैत्री बनाउन खोजिएको भन्दै उनले आपत्ति जनाए र आफ्नो दलले विरोध जनाएको पनि स्पष्ट पारे । उनले भने,“सत्ता गठबन्धनले नागरिकता विद्येयक त्यस्तै अघि बढायो । एसपिपी लागु गर्न खोजिएको छ । कुनै महाशक्ति राष्ट्रको छायाँको रुपमा अथवा सैन्य रणनीतिक अभ्यासभित्र हामीलाई सामेल गरेर सेनाका चिफलाई अष्ट्रेलियाको मेलबर्न पठाएका छौं । करको दर हेरफेर गरिएको छ । राष्ट्रपतिले पूनर्विचार गरियोस भनेको विद्येयक जस्ताको त्यस्तै पठाउने काम भयो, प्रधानन्यायाधीशलाई महाभियोग लगाउने काम गरेको छ । आफूअनुकुलकालाई निमित्त दिने, सत्ता गठबन्धनको यी काम जनताले सबै कुरा हेरेका छन् ।”

Classic Tech Mobile
Classic Tech Desktop

एमालेले आगामी निर्वाचनमा भावी प्रधानमन्त्रीको रुपमा अध्यक्ष ओलीलाई अघि सारेको स्पष्ट पारे । उनले यसअघि ओलीको नेतृत्वमा दुई तिहाई बहुमत नजिक मत पाएको र माधव, प्रचण्डले ओली सरकारविरुद्ध चलेखल गरेको आरोप लगाए । उनले भने,“उहाँले आफ्नो कार्यकाल पूरा गर्न पाउनुभएन, हामीले केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा उभ्याउने निर्णय गरेका छौं । अहिले हामी संगठन सुदृढीकरण गरिरहेका छौं । एमाले अहिले पनि पहिलो दल हो । अबको निर्वाचनमा पनि पहिलो नै हुन्छ । स्थानीय तहको निर्वाचनमा ३४ प्रतिशत भोट ल्याएका छौं । अब ४० प्रतिशत पपुलर मत ल्याउँछौं ।”

प्रतिकृया