अनधिकृत संरचना हटाउनु महानगरको कार्यकारिणी अधिकारभित्र पर्छः बालेन्द्र साह
प्रकाशित मिति
२०७९ भाद्र १२ गते, आईतवार १२:१५
१२ भाद्र २०७९, काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मापदण्डविपरित बनाइएका संरचना हटाउने महानगरको कार्यकारिणी अधिकारभित्र पर्ने बताएका छन्। संरचना हटाउने क्रममा विभिन्न प्रश्न उठ्न थालेपछि मेयर साहले स्पष्टिरकण दिएका हुन् । सामाजिक सञ्जालमा एक विज्ञप्ती जारी गर्दै मेयर साहले आफ्नै स्वामित्वको जग्गामा संरचना निर्माण गर्ने व्यक्ति वा संस्थाले पनि महानगरको स्वीकृती विना निर्माण कार्य गर्न नपाउने स्पष्ट पारेका छन् ।
निर्माण सम्पन्नताको प्रमाणपत्र लिने क्रममा अब उप्रान्त थप संरचना निर्माण नगर्ने र त्यसो गरेको खण्डमा महानगरले आदेश दिएका बखत भत्काउनेछु भनी महानगरसंग सम्बन्धित व्यक्ति वा संस्थाले कवुलियत गर्ने गरेको समेत उनले उल्लेख गरेका छन्। कुनै पनि अनधिकृत निर्माण कार्य वा आफैले गरेको कवुलियत उल्लंघन गरेको कार्यको तत्काल रोकथाम तथा नियन्त्रण गर्नु महानगरको पहिलो दायित्व भएको समेत उनले बताएका छन् ।
उनले जारी गरेको विज्ञप्तीमा ‘नेपालको संविधान र कानूनले काठमाडौं महानगरपालिकालाई कानून बनाउने व्यवस्थापिकीय अधिकार, कानून कार्यान्वयन गर्ने कार्यकारिणी अधिकार तथा विवाद निरुपण गर्ने न्यायिक अधिकार दिएको छ । वर्तमान अवस्थामा अनधिकृत संरचना हटाउनको लागि महानगरले आफूमा अन्तरनिहित कार्यकारिणी अधिकार प्रयोग गरेको हो।’





प्रतिकृया