• १७ असोज २०८३, शनिबार
  • १०ः३० बिहान

मोरङमा पेस्तोलसहित दुईजना पक्राउ

प्रकाशित मिति

२०७९ भाद्र ६ गते, सोमबार ०१:३७

६ भदौ २०७९ काठमाडौं: मोरङमा दुईवटा पेस्तालसहित दुईजना पक्राउ परेका छन्। जिल्लाको सुनवर्षी नगरपालिका-८ खरेवारी सीमा इलाकाबाट आइतबार सशस्त्र प्रहरीले दुईवटा पेस्तालसहित सोही ठाउँ बस्ने २८ वर्षीय आरिफ आलमलाई पक्राउ गरेको छ। को २७ प ४०६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीले एउटा अटोमेटिक चाइनिज पेस्तोल र सोको एक वटा म्यागजिन तथा एक राउण्ड गोली र एउटा सिक्सर पेस्तोलसहित पक्राउ गरेको हो।

National Life

आलमले उक्त पेस्तोल सोही जिल्लाको उर्लावारी नगरपालिका-६ बस्ने २९ वर्षीय नवीन धिमालले मगाएको भनी दिएको मौखिक बयानको आधारमा धिमाललाई पनि मोरङ जिल्लाको रतुवामाई नगरपालिका-८ दाम्राभिट्टाबाट पक्राउ गरिएको छ।धिमालले प्रयोग गरेको को २२ प ६७०७ नम्बरको मोटरसाईकल तथा ४७ हजार ७ सय ७० नेपाली रुपैयाँ र दुई थान मोबाइल सेटसमेत बरामद भएको छ।


यसैगरी, सशस्त्र प्रहरी बल नेपाल बिओपी बनैनियाले भाद्र ५ गते सप्तरी जिल्लाको राजगढ नगरपालिका २ बनैनिया सीमा इलाकाबाट एउटा कटुवा पेस्तोल तथा सोको एउटा गोली बरामद गरेको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उनीहरुले बोकेको शंकास्पद वस्तु छाडी फरार भएपछि सो वस्तु जाँच गर्दा उक्त पेस्तोल तथा गोली बरामद गरिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

पक्राउ परेका दुवै जनालाई बरामद पेस्तोल, म्यागजिन, गोली, मोटरसाइकल, नगद र मोवाइलसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीमा बुझाइएको छ।

प्रतिकृया