• १४ असोज २०८३, बुधबार
  • ११ः३३ राती

आज सुनको मूल्य तोलामा २ सयले घट्यो

प्रकाशित मिति

२०७९ भाद्र ६ गते, सोमबार १२:०२

६ भदौ २०७९ काठमाडौं: नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

National Life

सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २०० रुपैयाँ घटेको हो। आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदी ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला ११ सय ७० मा कारोबार भएको थियो।


चाँदीको मूल्य सोमबार अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो। सोमबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया