• १३:५३ २०८० फाल्गुन ११ गते
  • 1:53 pm

सिद्धार्थ क्यापिटलका म्युचुअल फन्डहरूको नगद लाभांश सुरक्षित गर्ने अन्तिम मौका

प्रकाशित मिति

२०७९ भाद्र ६ गते, सोमबार ११:४०

Siddhartha Capital Mutual Fund Post

६ भदौ २०७९ काठमाडौं: सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२’ र ‘सिद्धार्थ इक्विटी फन्ड’ को नगद लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन हो। दुवै फन्डको लाभांश प्रयोजनका लागि मंगलबार (भदौ ७ गते) बुक क्लोज गर्दैछन्। तसर्थ, आजसम्म कायम रहने इकाईधनीहरूले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् ।


आर्थिक वर्ष २०७८/७९ को नाफाबाट इन्भेष्टमेन्ट ग्रोथ स्कीमका इकाईधनीहरूलाई करसहित १० प्रतिशत र इक्विटी फन्डका इकाईधनीहरूलाई करसहित ९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

प्रतिकृया