• १५ असोज २०८३, बिहीबार
  • १२ः०३ राती

विदेशमा कमाएको पैसा अब ज्योति विकास बैंकमा ६५ महिनामै डबल

प्रकाशित मिति

२०७९ भाद्र ६ गते, सोमबार १२:२५

६ भदौ २०७९ काठमाडौं: ज्योति विकास बैंकले रेमिट्यान्स प्राप्त रकमलाई मुद्धती खातामा बचत गरि ६५ महिनामै डबल हुने मुद्धती खाता सञ्चालनमा ल्याएको छ। विदेशमा गरिएको मेहनतको कदर गर्दै रकम डबल प्राप्त हुने बैंकले डबल हुने “ज्योति रेमिट्यान्स दुई गुणा डिपोजिट”मुद्धती योजना सार्वजनिक गरेको हो।

National Life

व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको उक्त डबल मुद्दती खाता न्यूनतम मौज्दात १० हजार वा सोभन्दा बढी रकम जम्मा गरि खोल्न सकिन्छ। सो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट तथा विदेशमा रहेका ग्राहकहरुद्वारा अनलाइनबाटै ख्ष्मभय प्थ्ऋ अपडेट गरि संचालनमा ल्याउन सकिनेछ । साथै, यस खातामा ग्राहकलाई आवश्यक परेको खण्डमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधाको व्यवस्था पनि छ। यो योजना २०७९ भदौ महिना सम्मको लागि लागु हुने जनाइएको छ ।


त्यसैगरी, रेमिट्यान्स आम्दानी बाहेकका ग्राहकहरुको लागि पनि “ज्योति दुई गुणा डिपोजिट” मार्फत ७० महिनामै रकम डबल हुने मुद्दती योजना पनि संचालनमा ल्याइएको छ। बैंक ग्राहक केन्द्रित भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसंगको कारोबारलाई थप दिर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ। बैंकले हाल ११९ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ६५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया